राजविराज । सप्तरी स्थित खाडो खोलामा बिहीवार दिउँसो एक युवक मृत अवस्थामा फेला परेका छन् ।
नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् ।
१९ वर्षीय यादव साइकल सहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जनाएको छ ।
युवकलाई कसैले हत्या गरी खोलामा फ्यालेको स्थानीयले आशंका गरेका छन् । मृतक युवकको शरीरमा चक्कु प्रहार गरेको जस्तो घाउ रहेको स्थानीयले बताएका छन् ।
हजुरबुबा– हजुरआमासँग बस्दै आएका उनी मंगलबार राती १० वजे खाना खाएर सुतेका थिए । तर, हजुरआमा बिहान करिव साढे ३ बजे पशुचौपायालाई घाँस दिन उठ्दा सुतेको ठाउँमा नदेखेपछि उनको खोजतलास सुरु भएको थियो ।
खोजतलासकै क्रममा बुधबार दिउँसो करिव डेढ वजे पिप्राही र भेल्हीबीचको खाँडो खोलामा ( निर्माणाधीन कृषि विश्वविद्यालयको साईडमा) उनको शव भेटिएको थियो । गाईबस्तु चराउने गोठालाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । साइकल सहित घोप्टो परेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत निस्किएको थियो ।
स्थानीयका अनुसार उनको मुखमा कुटपिट गरेको चोट र शरीरमा छुरा प्रहार गरेको निसान देखिएको छ। उनीहरूले युवकको हत्या भएको दावी गरेका छन्। सुनिलका बुबा अशोक रोजगारीका लागि मलेसिया गएका छन् भने आमा, बहिनी र भाइ राजविराज वजारमा डेरा लिएर बस्दै आएका छन् ।
शव पोष्ट मार्टका लागि सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नकिने सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बज्राचार्यको भनाइ छ ।