मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी

Kanchan24 237+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

राजविराज ।  राजविराज( निर्माणाधीन रूपनी –छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन्। 

यस सडको कामलाई चाँडै सम्पन्न गराउन बुधबार उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक ९ झापादेखि कमलासम्म० को प्रमुख सुई विनोद मौवारसँग छलफल गरेका छन् ।

छलफलमा आयोजना प्रमुख मौवारले आषाढ भित्र काम सम्पन्न हुने बाचा गरेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

’टेन्डर भएको २ बर्ष भइसकेको छ, काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने, ’हिजै आयोजना प्रमुखसँग कार्यपालिका सदस्य, सडक डिभिजन कार्यालय लहानका कर्मचारी र ठेकेदारलाई राखेर छलफल गरेका छौँ।’ 

त्यस सडकको काम  पुरा भएसँगै छिन्नमस्तामा आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

’यो सडकले ऐतिहासिक धार्मिकस्थल  छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई  सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो सङ्ख्यामा वृद्धि हुन्छ,’  उनले भने, ’यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’

अध्यक्ष चौधरीले उक्त सडक निर्माण गर्न प्राथमिकताका साथ लागेको बताए ।

यसअघि उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभाग प्रमुख देखि प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाएका थिए । 

समयमा सडक निर्माण काम पुरा नभए र काम सुस्त गतिमै भइरहे पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरि अगाडि बढ्ने कुरा समेत आयोजना प्रमुखलाई छलफलमा सुनाइएको पालिका अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार