मुख्य समाचार
रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस | बडादसैं : हिन्दु शास्त्रीय दृष्टिले महिमा र महत्त्व | राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध |

यस्तो छ नागरिक एपमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्ने तरिका

Kanchan24 1+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा पनि छ । सेवाग्राहीले सवारी चालक अनुमतिपत्रबाटै नागरिक एप भेरिफाई समेत गर्न सक्छन् । तर नागरिक एपमा लिङ्क गर्न मिले पनि यसमा रहेको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता दिएको थिएन । 

अब भने सवारी जाँचमा नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिएकाे छ । ​सोमवार एक विज्ञप्ति राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे हाे । 

     ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा मात्रै नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र मान्य हुने बताइएकाे छ ।

नागरिक एपमा लाइसेन्स कसरी लिङ्क गर्ने ? 

तपाईंले पक्कै पनि नागरिक एपमा आफ्नो सम्पूर्ण विवरण राखेर अकाउन्ट बनाइसक्नु भएको हुनसक्छ । यदि छैन भनेर नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

त्यसपछि त्यहाँ मागिए अनुसारको विवरण दिएर अकाउन्ट भेरिफाइ गर्नुहोस् । त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिन्छ । 

-सबैभन्दा पहिले नागरिक एपको होमपेजमा जानुहोस् । 

-अनि, पपुलर सर्भिसेस (Popular Services) वा नेपालीमा ‘लोकप्रिय सेवाहरू’ लेखिएको अप्सनमा रहेको ‘सवारी चालक अनुमति पत्र’ को अप्सनमा ट्याप गर्नुहोस् ।

-यति आफ्नो सवारी चालक अनुमति पत्र नम्बर राखेर ‘पेस गर्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुहोस् । 

-र, तपाईंले दिएको नम्बर म्याच भएको खण्डमा लाइसेन्स लिङ्क हुन्छ ।  (टेक पानाबाट) 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार