मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

कर्मचारी आन्दोलनको विषयमा लेटाङ नगरपालिकाका कर्मचारीहरुद्वारा युवा तथा खेलकुद मन्त्री लिम्बूलाई ज्ञापनपत्र हस्तान्तरण

Kanchan24 1+ समाचार ( )
२३ अशोज २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको विषयमा ध्यानाकर्षण गराउँदै युवा तथा खेलकुद मन्त्री डीकबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएका छन् । मन्त्री लिम्बू गृहनगर लेटाङ आएको मौका पारि उहाँको घरमै पुगेर लेटाङ नगरपालिका स्थानीय संघर्ष समितिको तर्फबाट २० बुंदे माग सहितको ज्ञापनपत्र बुझाइएको हो । 

असोज १५ गतेदेखि सडक आन्दोलन थालेका देशभरका स्थानीय तहका कर्मचारीहरुको आन्दोलन अन्तरगत लेटाङ नगरपालिकाका कर्मचारीहरुले मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री लिम्बूले कर्मचारीहरुले आन्दोलन गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभयो । उहाँले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु बारे राम्रोसँग अध्ययन गरि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  उच्च पदमा रहेका कर्मचारीहरूले कानुन निर्माण गर्ने क्रममा शब्दको खेल खेल्ने तथा शब्दलाई तोडमोड गर्ने गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको उहाँको भनाइ छ ।

स्थानीय तह कर्मचारीहरु वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । यस्तै स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग पनि राखेका छन् ।

यसैबीच विभिन्न माग राखी लगातार आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीलाई सरकारले वार्ताका लागि बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्ताबाट समस्या समाधान हुने भन्दै काममा फर्किन आग्रहसमेत गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै पेनडाउन गरी सेवासमेत ठप्प पारेका कर्मचारीलाई वार्तामा बोलाएको हो ।  

उनीहरूमाथि राजधानीमा हिजो प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वरमा निषेधित घेरा तोड्न खोज्दा प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार