अदालतबाट ५ रुपैयाँ जरिवाना भएका फरार सहित २४ प्रतिवादी पक्राउ
१२ कार्तिक २०८१, सोमबार
कञ्चनरूप । सप्तरी जिल्ला अदालतबाट ५ रुपैयाँ जरिवाना सहित विभिन्न मुद्दामा फरार रहेका २४ जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको छ ।
पक्राउमा ५ रुपैयाँ जरिवाना नबुझाउँदा पक्राउ परेका सप्तरीको खडकपुर– १ का शङ्करकुमार यादव ,सन्तोष सरदार सप्तरी राजबिराज १ चोरी मुद्दा ईन्द्र नारायण देव वैश्य सप्तरी फर्सेठ १ लेनदेन मुद्दा जरिवाना १००, झब्बु यादव सप्तरी मलेठ ३ कुटपिट मुद्दा जरिवाना २५०। , जागेश्वर यादव सप्तरी मधेपुरा ८ कुटपिट मुद्दा जरिवाना १६२।५०, भगवती प्रसाद यादव सप्तरी मधेपुरा ८ शिक्षा सम्बन्धी मुद्दा जरिवाना ३०००।,खुशिलाल यादव सप्तरी खडकपुर १जलसादी मुद्दा जरिवाना १०। , देव नारायण शर्मा सप्तरी गम्हरिया ९ जलसादी मुद्दा जरिवाना ८।३३, ध्रुव कुमार यादव सप्तरी जमुनीमधेपुरा ३ शिक्षा सम्बन्धी मुद्दा जरिवाना २०००। नारायण मण्डल सप्तरी ईटहरी बिष्णुपुर २ जलसादी मुद्दा जरिवाना १०, हरेराम यादव सप्तरी राजबिराज ८ चोरी मुद्दा जरिवाना ११०००। ,गङ्गासागर मेहतर सप्तरी राजबिराज ६ लागूऔषध मुद्दा जरिवाना २०००।, अरुण मेहता सप्तरी राजबिराज ६ लागूऔषध मुद्दा जरिवाना २०००। मो.मुन्ना सप्तरी राजबिराज ९कुटपिट मुद्दा जरिवाना १५००, ममिना खातुन सप्तरी राजबिराज ९ कुटपिट मुद्दा जरिवाना १५००, चन्द्र नारायण यादव सप्तरी फर्सेठ १ कुटपिट मुद्दा जरिवाना ६००, राम नारायण यादव सप्तरी फर्सेठ १ कुटपिट मुद्दा जरिवाना ३७५, सनिस्चर यादव सप्तरी मधेपुरा ८ कुटपिट मुद्दा जरिना १६२।५० जोगेन्द्र चौधरी सप्तरी राजबिराज १ कुटपिट मुद्दा जरिवाना १०००। , अभिषेक चौधरी सप्तरी राजबिराज १ कुटपिट मुद्दा जरिवाना १००० पानो देवी दास सप्तरी जमुनी मधेपुरा १ कुटपिट मुद्दा जरिवाना १०००। ,पशुपती दास सप्तरी जमुनी मधेपुरा १ कुटपिट मुद्दा जरिवाना १०००, रनिया देवी दास सप्तरी जमुनी मधेपुरा १ कुटपिट मुद्दा जरिवाना १०००, र खुशिलाल यादव सप्तरी खडकपुर १ जलसादी मुद्दा जरिवाना १० गरी जम्मा जरिवाना २९,६९३।३३ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ ।