मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |
मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |


जनमतको अवरोधबीच बिच कृषि विश्वविद्यालय शिलान्यास, प्रहरीबाट मधेशका शिक्षा मन्त्री कुटिए

Anil Pokharel 9+ समाचार ( )
८ माघ २०८०, सोमबार

कञ्चनरुप । प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको टाउको फुटेको छ ।

प्रहरीको लाठीचार्जबाट शिक्षामन्त्री यादव, सतिश कुमार सिंह, भाग्यश्री चौधरी, रञ्जु खंग, ऋषिकेश ठाकुरलगायतका जनमतका नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका मन्त्री यादव माथी प्रहरीले लाठी प्रहार गरेको हो ।

शिक्षा मन्त्रीसमेतलाई वेवास्ता गरि राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले विरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधि अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै हिजो आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

यस्तै मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका थिए ।

उनले प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका थिए ।

विकासको बाधक कोही हुनु हुँदैन ः उपेन्द्र यादव

पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालयको शिलान्यास गर्दै कृषि विश्वविद्यालयको समग्र विकासमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन ।

सप्तरीको राजविराज १३ स्थित विषहरियामा सोमबार मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्दै उनले विकासको कामलाई सबैजना मिलेर अगाडि बढाउनु पर्ने बताएका छन् ।

कृषि विश्वविद्यालयको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री यादवले विश्वविद्यालय स्थापनाले सप्तरी बासीलाई मात्र नभएर देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जसपा अध्यक्ष यादवले विकासको बाधक कोही हुनु नहुने उल्लेख गरे ।

छोटो समय बोलेका यादवले कृषि विश्वविद्यालयको समग्र विकासमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम् विश्वविद्यालयका कुलपति सरोज कुमार यादवले आफ्नो मन्तव्यको सम्पूर्ण समय उपेन्द्र यादवकै प्रशंसामा खर्चिदै विश्वविद्यालयको परिकल्पनाकार जसपा अध्यक्ष उपेन्द्र यादव रहेको जिकिर गरे । उनले कसैले त्यसको जस लिनु खोज्नु दुर्भाग्यपूर्ण भएको सुनाए ।

पूर्व मुख्यमन्त्री मो. लालबाबु राउतले उपेन्द्र यादवको दूरदर्शिताबाट मधेश प्रदेशको सप्तरी जिल्लामा विश्वविद्यालय स्थापना गर्न सफल भएको बताए ।

विश्वविद्यालय बन्न नदिने षड्यन्त्र गर्नेहरू मधेसी जनता र मधेश विरोधी रहेको टिप्पणी गर्दै मधेश कृषि विश्वविद्यालय प्रदेशकै गौरव रहेको बताउँदै यसको विकासका लागि कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व मुख्यमन्त्री राउतको साथ सहयोग पाएकै कारण तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साह र अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको समेत ठूलो योगदान रहेको समेत उल्लेख गरे ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले विश्वविद्यालय स्थापनाले सबैभन्दा बढी सप्तरी बासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

सप्तरी बासीले घरमै बसेर घरकै अन्नपानी खाएर प्राविधिक शिक्षा लिन सहज भएको बताउँदै मन्त्री न्यौपानेले विश्वविद्यालय स्थापनामा योगदान गरेको भन्दै पूर्व उपप्रधानमन्त्री यादवलाई धन्यवाद समेत व्यक्त गरे । उनले कृषि प्राविधिक उत्पादन सँगै कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने भएकोले यसको सफलताको लागि सहयोग गर्न सम्पूर्ण सप्तरी बासीलाई आग्रह गरे ।

विश्वविद्यालयका उपकुलपति एवम् मुख्यमन्त्री यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् मधेश प्रदेशका पूर्व सामाजिक विकासमन्त्री नवलकिशोर साह, राष्ट्रियसभा सदस्य एवम् पूर्व कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव, पूर्व मन्त्री रेणु यादव, प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुर, मधेश प्रदेशका अर्थ मन्त्री सञ्जय यादव, खानेपानी मन्त्री सिंहासन सा कलवार, सामाजिक विकास मन्त्री सुरिता साह, पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकारहरू लगायतका उपस्थित रहेको थियो ।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ बहुवर्षीय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरूप भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चलु आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको छ ।

विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एक अर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार श्री भगवान ठाकुरले जानकारी दिए ।

निषेधको बाटो होइन ,सहकार्य को बाटो रोजौं पूर्व सिँचाइ मन्त्री उमेश यादव

पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवले मधेस प्रदेशको माननीय मन्त्री, महेश प्रसाद यादव तथा प्रदेश सभा सदस्य माननीय श्री सतिश सिंह लगायतका माथि बल प्रयोगको घटना निन्दनीय बताएको बताउँदै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेका छन ।

निर्वाचनमा हारजित हुन्छ नै जितमा मातिने ,हारमा कुण्ठित हुने रोगबाट बच्न जरुरी छ। निर्वाचन ताकाको तुष त्यागेर समग्र सप्तरीको हितमा एक जुट बनौँ भनेका छन ।

मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम सफल भएकोमा धन्यवाद दिँदै कार्यक्रममा आमन्त्रण गर्नुपर्ने कतिपय व्यक्तित्व लाई जानेर आमन्त्रण न गर्नु र प्रदेश सरकारको कार्यक्रमलाई जसपा को भातृ संगठनको कार्यक्रम जस्तो गर्नु नैतिक ,नीतिगत र राजनैतिक रूपमा बेइमानी हो भनेका छन ।

मधेस कृषि विश्वविद्यालयको योजना ल्याउन माननीय उपेन्द्र यादवको प्रमुख भूमिका रहेको कुरामा शंका छैन पार्टीको तर्फबाट तत्कालीन मुख्य मन्त्री माननीय लालबाबु राउत ,मन्त्री द्वय माननीय रामबाबु साह, माननीय शैलेन्द्र साह को योगदानलाई हृदयले सम्मान गर्दछु । तर, यसको अर्थ मधेस कृषि विश्वविद्यालय लाई जसपाको भातृ संगठन बनाउने काम लाई किमार्थ स्विकार्न सकिदैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार