मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

सङ्घीय विभेदको आरोपसहित मधेस सरकार महिलामैत्री उद्योग र रोजगारीमा केन्द्रित : अर्थमन्त्री यादव

Kanchan24 325+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

कञ्चनरूप मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव सरदारले सङ्घीय सरकारले मधेस प्रदेशसँग पटक–पटक विभेद गर्दै आएको आरोप लगाउँदै प्रदेश सरकारले महिलालाई प्राथमिकतामा राखी ग्राम उद्योग, उद्योग–कलकारखाना र रोजगारी सिर्जनामा विशेष जोड दिएको बताएका छन्।

सरदार (बाँतर) जातिहरूका कुलदेवता श्री गैंडसिंह महाराज बाबाको माघी (तिलासंक्रान्ति) पर्वको अवसरमा कञ्चनरूप नगरपालिका–४, कबिलासा, सप्तरीमा आयोजित ९औँ माघे तिलासंक्रान्ति महोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले उक्त कुरा बताएका हुन्।
अर्थमन्त्री यादवले सरदार (बाँतर) जातिको धर्म, संस्कृति र पहिचान संरक्षणका लागि प्रदेश सरकार सधैँ सहयोगी रहने प्रतिबद्धता जनाउँदै बाँतर समुदायको आर्थिक, सामाजिक, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उकास्ने खालका नीति तथा कार्यक्रम निर्माण गरिने जानकारी दिए।
देश परिवर्तनमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य र किसानसँग सम्बन्धित समस्या सरकारको जानकारीमै रहेको बताए।
कार्यक्रममा कञ्चनरूप नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष जोगेन्द्र पासवानले कोशी टप्पु क्षेत्रबाट आउने जङ्गली जनावरका कारण स्थानीयवासीले दुःख भोग्दै आएको जनाउँदै त्यसको समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका उपाध्यक्ष रञ्जना सरदारले बाँतर जातिको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै सुरुमा ‘वन्तरा’ शब्द वि.सं. १७२० तिर अपभ्रंश भई ‘बाँतर’ हुन पुगेको जानकारी दिइन्।
महोत्सवमा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री महेश प्रसाद यादव सरदार, अध्यक्ष राजेश सरदार तथा स्वागत मन्तव्य राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका उपाध्यक्ष बच्चुलाल सरदारले व्यक्त गरेका थिए। कार्यक्रममा डा। अर्जुन सरदार तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव काफ्लेलाई सम्मान गरिएको थियो।
माघ १ र २ गते सम्पन्न महोत्सव राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रको आयोजनामा सम्पन्न भएको हो। सरदार बाँतर जातिको धर्म, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सांस्कृतिक नाचगान, परम्परागत गीत–संगीत तथा जातीय भाषासहितको आकर्षक झाँकी प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार