मुख्य समाचार
सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? | कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज र पप्पु आकांक्षी | सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी | एक महिनामै दुई सुत्केरीको मृत्यु : धर्मेश्वर अस्पतालमाथि उठ्यो गम्भीर प्रश्न | ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ? | अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर |

सिँचाइ सङ्कट समाधानको माग गर्दै जनमत पार्टीले डाक्नेश्वरी नगर प्रमुखलाई बुझायो ज्ञापनपत्र

महेन्द्र सदा 24+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सिँचाइको चरम समस्या समाधानको माग गर्दै जनमत पार्टी नगर समिति डाक्नेश्वरीले बुधबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा उल्लेख अनुसार, हालको समयमा मधेश प्रदेशमा लगातार पानी नपरेका कारण किसानहरूले रोपाइँ गर्न सकेका छैनन्। यद्यपि प्रदेश सरकारले केही क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरिसकेको भए पनि डाक्नेश्वरी नगरपालिकाले भने किसानको समस्यातर्फ कुनै चासो नदेखाएको जनमत पार्टीको आरोप छ।

प्रदेश सदस्य जय प्रकाश मण्डलका अनुसार, नगर क्षेत्रका सबै १० वडामा अविलम्ब पानी वितरणको व्यवस्था गर्न, ट्यांकर, समर्सिबल, चापाकल, डिप बोरिङको व्यवस्था गर्न तथा नहर, नदी, नाला मर्मत गरी सिँचाइ सहज बनाउने व्यवस्था गर्न माग गरिएको छ।

यस्तै, स्वास्थ्य संस्थामा औषधिको अभाव तत्काल हटाउन, किसानलाई आवश्यक रासायनिक मलखाद उपलब्ध गराउन र मापदण्ड अनुसार विद्युत पोल गाड्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ। समयमै समस्या समाधान नभए जनस्तरबाट आन्दोलन गर्ने चेतावनी समेत पार्टीले दिएको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा जनमत पार्टी डाक्नेश्वरी नगर अध्यक्ष महिनारायण साह, सचिव मदनेश्वर सदा, सदस्य संजय पण्डित, प्रचार विभाग प्रमुख उपेन्द्र साह, र प्रदेश सदस्य जय प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार