मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

दारी ग्याङद्वारा पुस्तकालयलाई पुस्तक सहयोग (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

सुन्दरहैंचा । सामाजिक सेवामा समर्पित युवाहरुको समूह दारी ग्याङले सुन्दरहरैंचामा भर्खरै स्थापना गरिएको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ । दारी ग्याङको आठौं वर्षिकोत्सवको अवसरमा सुनसरी र मोरङमा क्रियाशील दारी ग्याङका युवाहरुले सुन्दरहैंचा १२ स्थित मोरङ सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रलाई ३८ थान पुस्तक प्रदान गरेका हुन् ।

दारी ग्याङ सुन्दरहरैंचा, लेटाङ, पथरीशनिश्चरे, बेलबारी र इटहरीमा आवद्ध युवाहरुले आफुसँग भएका पुस्तकहरु संकलन गरेर पुस्तकालयलाई प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेलले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको अवस्थामा स्थापना गरिएको पुस्तकालयलाई प्रोत्सहान स्वरुप पुस्तक सहयोग गरेको बताउनुभयो । तत्काललाई दारी ग्याङका सदस्यहरुबाट पुस्तक संकलन गरि हस्तान्तरण गरिएकोमा आगामी दिनमा थप सहयोग गर्दै जाने उहाँको भनाइ छ ।  

सो अवसरमा दारी ग्याङमा आवद्ध युवाहरुले पुस्तकालयले सहयोगार्थ राखिएको दान पेटिकामा आर्थिक सहयोग समेत गरेका छन् । दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेल, इटहरी संयोजक विनोद नेपाल, पथरीशनिश्चरे संयोजक अमर महरा, पुस्तकालयका अध्यक्ष लगायतका पदाधिकारीहरु, दारी ग्याङका सदस्य युवाहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । 

दारी पाल्न रुचाउने तथा सामाजिक भावनाबाट ओतप्रोत भएका युवाहरुको फेसबुक ग्रुपको रुपमा दारी ग्याङ सामाजिक सञ्जालमा निकै लोकप्रिय छ । ८ वर्षअघि स्थापना गरिएको दारी ग्याङमा हाल देशभरबाट १ लाभ बढी सदस्य छन् । दारी ग्याङले विभिन्न सामजिक कामका साथै आपत्मा परेका विरामीहरुलाई रगत उपलब्ध गराउने जस्ता काममा विशेष सहयोग गर्ने गरेको छ ।  

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार