कञ्चनरूप । सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
सप्तकोशी नगरपालिका– ४, तुलसी चौकका ५५ वर्षीय दीर्घदल बस्नेत स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा मङ्गलबार बिहान घाँस काट्न जङ्गल गएका घाईते अवस्थामा उनी फेला परेका थिए ।
घाँस काट्न जङ्गल गएका बस्नेत घर फर्किएर नआएपछि खोजतलासका क्रममा वन क्षेत्रमा रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका बस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनी बिहान करिव १० बजे तिर नै रुखबाट लडेको हुन सक्ने स्थानीयको अनुमान छ ।
बस्नेतको आज दाहसंस्कार गरिएको छ । मृतक बस्नेतका श्रीमती ३ छोरी र १ छोरा छन् ।
सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

२३ माघ २०८१, बुधवार