मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

स्यानिटरी प्याड खरिद प्रकरणमा पाँच जनाले विशेष अदालतबाट पाए सफाइ

Anil Pokharel 36+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

राजविराज  सप्तरीको रूपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साह विरुद्ध मुद्दा दायरमा मंगलबार विशेष अदालतले उनीहरूलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।
गत माघ ११ गते रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिदमा आठ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अधिकृत चौधरीसहित पाँच जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरको थियो । 
नौ लाख ११ हजार ९२५ रुपियाँ पर्ने जस्मिन हाइजिन प्रोड्रक्ट प्रा.लि. मोरङद्वारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९२८ मा खरिद बिक्री गरी आठ लाख ७४ हजार बराबरको भ्रष्टाचार गरेको भन्दै रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार