मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

संविधान शक्ति सन्तुलनको दस्तावेज : एमाले नेता सुमनराज प्याकुरेल

Kanchan24 325+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

कञ्चनरूप । पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता सुमनराज प्याकुरेलले संविधान शक्ति सन्तुलनको दस्तावेज भएको बताएका छन । 
बिहीबार संविधान दिवसको अवसर कञ्चनरूप नगरपालिकाले आयोजना गरेको  संविधान तथा  राष्टिय दिवसलाई सम्वोधन गर्ने यस्तो बताएका हुन ।  नेता प्याकुरेलले राजनैतिक शक्तिहरूको स्थिति जस्तो जस्तो हुन्छ त्यो देशको राजनीतिक परिस्थिति अनुसारको संविधान निर्माण भएको हुन्छ । 
नेता प्याकुरेलले जुन बर्ग जति बलियो हुन्छ त्यसले आफ्नो अनुकुलको संविधान बनाउने गरेको बताए । 
यसैगरी कञ्चनरूपका मेयर प्रत्यासी उममेदवार इन्द्रदेव कौगगिायले संविधान भित्र रहेर संविधानकै अपव्याख्या गर्नु गलत भएको बताए । उनले नेपालको संविधान नेपाली जनताको लागी बनेको हो तसैले जनताको चाहना अनुसार पश्चगामि तर्फ नगएर अग्रगामी तर्फ जाँदा दलित, मधेसी, जनजाति, मुस्लिम लगायतका अधिकार कटौती नगरी संविधान संशोधन संविधान दिवसको औचित्य हुने बताए । 
यसैगरी नेकपा माओवादी केन्द्रका कञ्चनरूप नग इन्चार्ज सत्य नारायण चौधरीले हजारौँ जनताको बलिदानबाट बनेको संविधान बुँदा गत रुपमा टिपोट बनाई आम जनताको बिच छलफल गरी संशोधन गर्नेमा आफू र आफ्नो पाटीको धारण रहेको बताए । 
कञ्चनरुपका नगर प्रमुख ललन प्रसाद गुप्ताले तीन तीन चोटी शिलान्यास भएको मदन भण्डारी खेल ग्राम अलपत्र छ त्यस तर्फ कसैको पहल छैन  खाली मेरी पछाडि लागेका छन । आफू अघिल्लो चोटी मेयरमा पराजित हुँदा कहिलै कुनै पाटीको र निर्वाचित मेयरको पछि लागेर विरोध गरी बरु वहाँहरूकै  साथमा नगरको हित र विकासमा लागेको बताए । 
शान्तिको कामना गर्दै पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता सुमनराज प्याकुरेल तथा कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले संयुक्त रुपमा एक जोर परेवा  उडाएका थिए । कार्यक्रममा समाज सेवी देवेन्द्र गुप्ता ,तनुक लाल बरही , पूर्व वडा अध्यक्ष राजकुमार साह , उपप्रमुख मुना कुमारी पोखरेल लगायतले मन्तव्य राखेका थिए भने  प्रमुख प्रशासकीय अधिकृतमा नवराज खड्का ,विभिन्न  राजनैतिक दलका प्रतिनिधि , नेपाल प्रहरी, शसत्र प्रहरीका प्रतिनिधि पत्रकार , कार्यपालिका सदस्य वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रममा स्वागत वडा अध्यक्ष श्यमान्नद चौधरीले गरेका थिए भने कार्यक्रममा सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर प्रसाद गुप्ताले गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार