मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

कोशीको ब्यारेज पुलमाथिबाट पुल माथिबाट पानी बग्न सुरु

Anil Pokharel 36+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

कोसी ब्यारेज । शनिबार दिउँसो ४ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख ४९ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड भएपछि ब्यारेज पुलमाथिबाट पुल माथिबाट बाढी बग्न सुरु भएको छ ।  

कोसी ब्यारेजको पुलको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको छ ।

कोसी ब्यारेजको पुल माथिबाट बग्न थाले  पछि बाढी निरीक्षण गर्ने मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी सप्तकोशीको ब्यारेज आइ पुग्नु भएको छ ।  

सवारी साधन आवत जावतमा  पूर्णरुपमा ब्यारेज पुलबाट सवारी साधन आवागमनमा रोक लगाइएको छ । अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत पार गरेको आज बेलुका ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि पुलबाट पैदल तथा सवारीसाधहरुको आवतजावत बन्द गरिएको छ । अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नु अनुरोध गरिएको छ ।

कोशी ब्यारेज पुलमा पानीको सतह बढ्ने क्रममा जारी भएकाले पुलबाट सवारी साधन आवतजावतमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभएको छ ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो ।

भारतको बिहार राज्यअन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ । बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार