मुख्य समाचार
रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस | बडादसैं : हिन्दु शास्त्रीय दृष्टिले महिमा र महत्त्व | राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध |

कोशीको ब्यारेज पुलमाथिबाट पुल माथिबाट पानी बग्न सुरु

Anil Pokharel 28+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

कोसी ब्यारेज । शनिबार दिउँसो ४ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख ४९ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड भएपछि ब्यारेज पुलमाथिबाट पुल माथिबाट बाढी बग्न सुरु भएको छ ।  

कोसी ब्यारेजको पुलको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको छ ।

कोसी ब्यारेजको पुल माथिबाट बग्न थाले  पछि बाढी निरीक्षण गर्ने मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी सप्तकोशीको ब्यारेज आइ पुग्नु भएको छ ।  

सवारी साधन आवत जावतमा  पूर्णरुपमा ब्यारेज पुलबाट सवारी साधन आवागमनमा रोक लगाइएको छ । अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत पार गरेको आज बेलुका ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि पुलबाट पैदल तथा सवारीसाधहरुको आवतजावत बन्द गरिएको छ । अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नु अनुरोध गरिएको छ ।

कोशी ब्यारेज पुलमा पानीको सतह बढ्ने क्रममा जारी भएकाले पुलबाट सवारी साधन आवतजावतमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभएको छ ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो ।

भारतको बिहार राज्यअन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ । बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार