मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

लाइसेन्सको आशयपत्र पाएका ४३ ब्रोकर कम्पनी संगठित

Kanchan24 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

काठमाडौ । नेपाल धितोपत्र बोर्डबाट आशयपत्र पाएका ४३ नयाँ स्टक ब्रोकर एशोसिएसनले पुराना ब्रोकर कम्पनीलाई आर्थिक चलखेल गरेको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

बोर्डले आवेदन परेका ४५ स्टक ब्रोकरमध्ये ४३ वटालाई आशय पत्र दिएको थियो । तर, पुराना सेयर ब्रोकरहरूको संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले चलखेल गरेर नयाँ ब्रोकरको लाइसेन्स रोक्न खोजेको भन्दै विरोध सुरू भएको छ ।

नयाँ स्टक ब्रोकर एशोसिएसनले विज्ञप्ति जारी गरेर पुराना ब्रोकरहरूको संस्था स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरू सक्दै पूर्णरूपमा पारदर्शी ढंगबाट सबै प्रक्रिया सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सोउपर हामीहरूले १ पैसासमेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाणसहित प्रमाणित गर्न हामी चुनौती दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’

नियामक निकायबाट भएको सकारात्मक विकासलाई समेत नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरूको संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्ति जारी गरेको भन्दै नयाँ ब्रोकरहरू आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार