मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |

टिकटक बन्द हुँदा त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

Kanchan24 1+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

काठमाडौं । नेपाल सरकारले चर्चित शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अप्रत्याशित रूपमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको हाे ।

योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । यदि सरकारको निर्णय कार्यान्वयन भए आधिकारिक रूपमा नेपालमा टिकटक चलाउन पाइने छैन । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ ।

सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाउँछ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटक बन्द हुँदा सामान्यतः प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्ने र स्ट्रिमिङ वा डाउनलोडको लागि उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा नेपालमा अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न सक्दैनन् । साथै भीपीएन वा अन्य विकल्प प्रयोग गरेपनि टिकटक पहुँच गर्न सक्दैनन् ।

छिमेकी देश भारतले सन् २०२० मा  राष्ट्रिय सुरक्षा र गोपनीयताको कुरा उठाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउँदा भारतीय प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री एपको सर्भरबाट हटाइएको थियो । यसमा भिडिओहरू, कमेन्टहरू, डाइरेक्ट म्यासेज लगायत समावेश थिए । टिकटकले भारतीय अकाउन्टहरूसँग सम्बन्धित सबै प्रयोगकर्ताको डेटा पनि हटाएको थियो ।

यसको मतलब भारतीय टिकटक प्रयोगकर्ताहरूले आफ्ना सबै सामग्री र डेटामा पहुँच गुमाए । यद्यपि, केही प्रयोगकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि आफ्नो सामग्री डाउनलोड गर्न भ्याएका थिए । अरुले भीपीएन वा अन्य विकल्पमार्फत आफ्नो सामग्री पहुँच गरे ।

यसकारण नेपालमा टिकटकमाथि प्रतिबन्ध लाग्दा यस प्लेटफर्ममा भएका सामग्रीको ब्याकअप डाउनलोड गर्नु उचित हुन्छ । यसरी तपाईंले आफ्नो सामग्री सुरक्षित गर्न सक्नुका साथै आवश्यक भएमा यसलाई अन्य प्लेटफर्महरूमा पुन: पोस्ट गर्न सक्नुहुन्छ । (टेकपानाबाट)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार