मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

विराटनगरका मेयरको चेतावनी: भने–सम्झौता बमोजिम काम नभए भुक्तानी दिदैनौँ

Kanchan24 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गर्नु भएको छ । 

उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुग्नु भएका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गर्नु भएको हो ।

ठेक्का सम्झौताअनुसार काम भए/नभएको उहाँले जानकारी लिनुभएको थियो । सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत उहाँले बताउनुभयो ।

अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालाको भनाइ थियो । उहाँले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पार्नुभयो । 

सोमबार वडा नम्बर १, २, ६, ७, ९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको उपमेयर निरौलाले जानकारी दिनुभयो ।

सो क्रममा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र नेउपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ६ का हरिश्चन सहनी, इन्जिनियर अर्जुन थापासहित प्रमुख र उपप्रमुखको सचिवालयको टिम तथा प्राविधिकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार