मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

हामीले न संझे कसले संझि दिन्छ राजेश्वर नेपालीलाई ! :जयप्रकाश गुप्ता

Kanchan24 336+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

कञ्चनरूप।   नेपालमा पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनका सशक्त हस्ती राजेश्वर नेपालीको योगदानप्रति पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताले विशेष संस्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पूर्वमन्त्री गुप्ताले आफ्नो लेख मार्फत् राजेश्वर नेपालीसँग पहिलो भेट २०३२र३३ सालतिर सप्तरीको कञ्चनपुरमा भएको स्मरण गरेका छन्। प्रतिबन्धित नेपाली काङ्ग्रेसका गतिविधिको केन्द्र रहेको सो गाउँमा गिरिशचन्द्र लालसँगै आएका नेपाली त्यसबेला करिब ३०–३२ वर्षका थिए।

सादगी पूर्ण जीवनशैली

गुप्ताका अनुसार राजेश्वर नेपालीलाई चिन्नेहरूले उनको सादगी, धोती र खद्दरका कुर्ता, शिष्ट व्यवहारलाई प्रमुख पहिचानको रूपमा लिने गर्थे। उनी शान्ति र अहिंसाप्रति दृढ श्रद्धावान् रहेर समाजमा परिवर्तनको अभियानमा सक्रिय रहेका थिए।

पत्रकारितामार्फत आन्दोलनलाई जीवित राखे

पञ्चायतकालमा उनले पत्रकारितालाई पेशा भन्दा बढी ‘मिशन’का रूपमा लिएर प्रतिबन्धित विचारलाई सार्वजनिक गर्ने महत्वपूर्ण भूमिका खेलेका थिए। गुप्ताका शब्दमा, “राजेश्वर नेपालीले पञ्चायती व्यवस्थाको कठोर समयमा प्रतिबन्धित राजनीतिलाई जीवित राख्ने ठूलो योगदान दिनुभयो।”

प्रजातान्त्रिक मूल्यमा अटल

उनी प्रजातन्त्रलाई शब्दाडम्बर नभई व्यवहारमा स्थापित मूल मान्यताका आधारमा मूल्याङ्कन गर्थे। सार्वभौम संसद्, दलीय राजनीतिक व्यवस्था, स्वतन्त्र न्यायपालिका, समानुपातिक प्रतिनिधित्व र शक्ति सन्तुलन प्रजातन्त्रका आधारभूत स्तम्भ हुन् भन्ने उनको दृढ विश्वास थियो। यही मान्यताका कारण उनी प्रजातन्त्रवादी रहे पनि कुनै दलमा स्थायी रूपमा आवद्ध भएनन्।

मधेसी समुदाय प्रति संवेदनशीलता

नेपाली मधेस आन्दोलनका योजनाकार नभए पनि समान अधिकारका पक्षधर थिए। सद्भावना परिषददेखि मधेसी जनअधिकार फोरम ९नेपाल० सम्मका प्रारम्भिक छलफलहरूमा उनी उपस्थित भए पनि सङ्गठनात्मक आवद्धता भने जनाएनन्। मधेसी पार्टीहरूको लागि उनी मार्गदर्शक र आलोचक दुवै बने।

भाषा, साहित्य र इतिहास प्रेमी

उनी नेपाली र हिन्दी दुवै भाषामा पत्रपत्रिका प्रकाशित गर्ने अग्रणी पत्रकार मध्ये एक थिए। नेपालमा हिन्दी भाषा प्रचार–प्रसारका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय भई विश्व हिन्दी सम्मेलनमा प्रतिनिधित्व गरे।

इतिहासप्रति उनको दृष्टिकोण पनि मौलिक थियो। जनकपुर क्षेत्रका प्रजातान्त्रिक आन्दोलनका शहीद, योगदानकर्ता र राजनीतिक कैदीहरूको संक्षिप्त जीवनी लेखेर प्रकाशन गरी उनले इतिहासलाई जीवित राखे।

समेकित व्यक्तित्व

पूर्वमन्त्री गुप्ताले राजेश्वर नेपालीलाई ‘समेकित व्यक्तित्व’का रूपमा वर्णन गर्दै लेखेका छन् – “अध्यात्म, प्रजातन्त्र, पत्रकारिता, भाषाप्रेम र इतिहासप्रति लगावलाई जीवनभर समेटेर हिँड्ने विरल व्यक्तित्व हुनुहुन्थ्यो।”

गुप्ताले डिल्लीबजार कारागारमा भेटिएको प्रसङ्ग उल्लेख गर्दै राजेश्वर नेपालीले संकटका बेला अध्यात्मलाई भरोसाको आधार बनाउने गरेको पनि स्मरण गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार