मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

दलित तथा विपन्न वालवालिकालाई पोशाक वितरण (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२८ माघ २०८०, आइतबार

लेटाङ । दलित उत्थान समन्वय समिति लेटाङ ९ ले वडाका दलित समुदायका विपन्न परिवारका वालवालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा वडाको सभाहलमा भएको पोशाक वितरण कार्यक्रमा स्थानीय श्री माध्यमिक विद्यालयका २८ जना र शिक्षा ज्योति आधारभुत विद्यालयका ७ जना गरि ३५ जनालाई पोशाक वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष खतिवडाले विपन्न र दलित समुदायको हकहितका लागि सहयोग गर्न वडा कार्यालय सँधै तयार रहेको बताउनुभयो । दलित उत्थान समन्वय समिति लेटाङ ९ का अध्यक्ष भीम बहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष कृष्ण लुइँटेल, कार्यपालिका सदस्य ओमप्रकाश विश्वकर्मा, वडासदस्य गोपाल मगर, वडासचिव प्रेम सेञ्चुरी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

वडाले चालु आर्थिक वर्षमा छुट्याएको बजेटबाट दलित उत्थान समन्वय समितिले वडाका विपिन्न तथा दलित समुदायका ३५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको समन्वय समितिका सचिव नरेश मंग्रातीले जानकारी दिनुभयो ।

भिडियो हेर्न https://fb.watch/q8sS30epye/  मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार