मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

विराटनगर महानगरलाई हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान

Kanchan24 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

विराटनगर । विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ । 

आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गर्नु भएको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले बताउनुभयो ।

महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगर बनाउने दायित्व सबैको भएकाले आफूले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भनेर नि:शुल्क रुपमा डस्विन प्रदान गरेको जानकारी दिनुभयो ।

डस्विन निर्माण गर्दा एउटाको १२ हजार ५ सय परेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा मेयर कोइरालाले अनबर जस्तै मनकारीहरुको साथ र सहयोग प्राप्त भए विराटनगर समृद्धि र व्यवस्थित बन्न समय नलाग्ने दाबी गर्नुभयो ।

उहाँले महानगरको एक्लो प्रयासले मात्रै विराटनगरको विकास गर्न नसकिने उल्लेख गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो । उहाँले अभियान सफल बनाउन सबैलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो । महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले प्राप्त डस्विनलाई मुख्य बजार क्षेत्रमा राखिने जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार