मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल विजयी

Kanchan24 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी हुनु भएको छ । आज शुक्रबार भएको निर्वाचनमा कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल विजयी हुनु भएको हो ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६ सय ९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनबाट निर्वाचित अध्यक्ष बन्नु भएको हो । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुनुहुन्थ्यो । ढुंगेलका निकटम प्रतिस्पर्धी दाहालले ४ सय ३९ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा दावा दोर्जे लामा विजयी हुनुभयो । उहाँले ६ सय १५ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा नवराज सिलवाल १ मतले विजयी हुनु भयो ।  सिलवालले ५ सय ६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५ सय ९९ र भक्त कुमारी लामा ५ सय ३६ मत लिएर विजयी हुनुभयो । 

  सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो । ढुंगेललाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार