मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

लेटाङ टी-ट्वान्टी लिगमा ह्याप्पी क्लबको विजयी शुरुवात

Kanchan24 1+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

-राजु गौतम 

लेटाङ । लेटाङमा शुक्रबारदेखि शुरु टी-ट्वान्टी क्रिकेटको त्रिकोणात्मक सिरिज अन्तरगत उद्घाटन खेलमा त्रिवेणी राइनोज माथि ५ विकेटको जित हात पार्दै ह्याप्पी क्लबले विजयी शुरुवात गरेको छ । ह्यापीको जितमा ब्याटिङमा नटआउट ३८ रन र बलिङमा २/२७ को अलराउण्ड प्रदर्शन गर्दै एमबी लिम्बू म्यान अफ द म्याच घोषित भएका छन् । स्थानीय बुद्ध रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको त्रिवेणीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रनको स्कोर बनाएको थियो । त्रिवेणीका सगुन राईले ४७ र प्रेम सागर दाहालले ३३ रनको पारी खेलेका थिए । ह्याप्पीका लोक कोइराला, एमबी लिम्बू र योगेस पौडेलले समान २-२ विकेट लिएका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको ह्याप्पीले निर्धारित १ सय ४८ रनको लक्ष १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ह्याप्पीका रुद्र आचार्यले ४९, एमबी लिम्बूले नटआउट ३८ तथा नोर्बु तामाङले २२ रनको पारी खेलेका थिए । त्रिवेणीका द्रोण मगरले २ विकेट हात पारेका थिए । 

यस अघि प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले क्रिकेट प्रतियोगिता खेलाडी उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । नगरले क्रिकेटको दिगो विकासका लागि त्रिवेणी खेल मैदानलाई क्रिकेट रंगशालाका रुपमा विकास गरी वर्षै भरी क्रिकेट गतिविधि सञ्चालन गर्न सक्ने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले हाल स्थगित भएको मेयर कप क्रिकेट प्रतियोगिता यसैबर्ष भित्र आयोजना हुने जानकारी दिनुभयो । 

भोलि शनिबार हुने दोस्रो दिनको खेल त्रिवेणी राइनोज र युनाइटेड क्लब बीच हुनेछ । युनाइटेड क्लब, ह्याप्पी क्लब र त्रिवेणी राइनोजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितालाई वडा नं ४ ले मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यक्तिहरूको सहयोग रहेको छ । ३ वटा टिमहरूको राउन्ड रोबिन लिग र उत्कृष्ट २ टिम फाइनल पुग्ने फम्र्याटमा आयोजना भइरहेको प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगिता विजेताले ट्रफी सहित १५ हजार नगद र उपविजेताले ७ हजार ५०० रुपैयाँ नगद प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार