मुख्य समाचार
कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न |

लेटाङ टी-ट्वान्टी लिगमा ह्याप्पी क्लबको विजयी शुरुवात

Kanchan24 1+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

-राजु गौतम 

लेटाङ । लेटाङमा शुक्रबारदेखि शुरु टी-ट्वान्टी क्रिकेटको त्रिकोणात्मक सिरिज अन्तरगत उद्घाटन खेलमा त्रिवेणी राइनोज माथि ५ विकेटको जित हात पार्दै ह्याप्पी क्लबले विजयी शुरुवात गरेको छ । ह्यापीको जितमा ब्याटिङमा नटआउट ३८ रन र बलिङमा २/२७ को अलराउण्ड प्रदर्शन गर्दै एमबी लिम्बू म्यान अफ द म्याच घोषित भएका छन् । स्थानीय बुद्ध रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको त्रिवेणीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रनको स्कोर बनाएको थियो । त्रिवेणीका सगुन राईले ४७ र प्रेम सागर दाहालले ३३ रनको पारी खेलेका थिए । ह्याप्पीका लोक कोइराला, एमबी लिम्बू र योगेस पौडेलले समान २-२ विकेट लिएका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको ह्याप्पीले निर्धारित १ सय ४८ रनको लक्ष १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ह्याप्पीका रुद्र आचार्यले ४९, एमबी लिम्बूले नटआउट ३८ तथा नोर्बु तामाङले २२ रनको पारी खेलेका थिए । त्रिवेणीका द्रोण मगरले २ विकेट हात पारेका थिए । 

यस अघि प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले क्रिकेट प्रतियोगिता खेलाडी उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । नगरले क्रिकेटको दिगो विकासका लागि त्रिवेणी खेल मैदानलाई क्रिकेट रंगशालाका रुपमा विकास गरी वर्षै भरी क्रिकेट गतिविधि सञ्चालन गर्न सक्ने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले हाल स्थगित भएको मेयर कप क्रिकेट प्रतियोगिता यसैबर्ष भित्र आयोजना हुने जानकारी दिनुभयो । 

भोलि शनिबार हुने दोस्रो दिनको खेल त्रिवेणी राइनोज र युनाइटेड क्लब बीच हुनेछ । युनाइटेड क्लब, ह्याप्पी क्लब र त्रिवेणी राइनोजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितालाई वडा नं ४ ले मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यक्तिहरूको सहयोग रहेको छ । ३ वटा टिमहरूको राउन्ड रोबिन लिग र उत्कृष्ट २ टिम फाइनल पुग्ने फम्र्याटमा आयोजना भइरहेको प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगिता विजेताले ट्रफी सहित १५ हजार नगद र उपविजेताले ७ हजार ५०० रुपैयाँ नगद प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार