मुख्य समाचार
संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण |

सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण

Kanchan24 323+ समाचार ( )
२ जेठ २०८३, शनिबार

नविन ढकाल, सप्तकोशी । सप्तकोशी नगरपालिकामा अपाङ्गता भएका ४० जना व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ। समावेशी अपाङ्ग संघ, सप्तरी र सबल नेपालको संयुक्त आयोजनामा तथा सि.बि.एम ग्लोबलको सहयोगमा सञ्चालित “अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण” परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।

सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाको प्राङ्गण तथा घरदैलोमै पुगेर सहायक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा ११ जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हिलचेयर, ८ जनालाई बैशाखी तथा २१ जना श्रवण तथा सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई श्रवण यन्त्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानजनक जीवनयापन, पहुँच वृद्धि तथा विपद् व्यवस्थापनका हरेक चरणमा उनीहरुको सहभागिता सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

परियोजनाको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुका साथै विपद् पूर्वतयारी र प्रतिकार्य प्रक्रियालाई थप समावेशी बनाउनु रहेको जनाइएको छ।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, समावेशी अपाङ्ग संघ, सप्तरीका सचिव अशोक कुमार यादव, सदस्य राधा अर्याल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन परियोजना समावेशी अधिकृत ज्ञानेन्द्र कुमार झा, परियोजना कर्मचारी नविन कुमार ढकाल तथा विनिता कुमारी चौधरीले सक्रिय सहजीकरण गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार