मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

नेपालमा भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई अमेरिकामा सार्वजनिक रुपमा बहिस्कार गरिने भएको छ । प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि यस्तो अभियानको घोषणा गरेको हो ।

मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गरिनुपर्ने बताएको हो । 

नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गिरेको भन्दै मञ्चले यसको निष्पक्ष छानविन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष शंकर पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'अहिले नेपालमा उदांगिएको नक्कली भुटानी शरणार्थी  प्रकरणले  भ्रष्टचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको  स्वाभिमान र शीर समेत निहुर्‍याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाई अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनु भएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौं ।' 

मञ्चले भ्रष्टाचारको आरोप लागेका जो कसैलाई पनि स्वागत नगर्ने एवं त्यस्ता व्यक्ति सहभागि कार्यक्रम बहिस्कार गर्ने अभियानमा साथ दिन अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेको छ । त्यस्तै यो अभियानमा ऐक्यवद्धता जनाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मुर्त रुप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार