मुख्य समाचार
रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस | बडादसैं : हिन्दु शास्त्रीय दृष्टिले महिमा र महत्त्व | राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध |

मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत
कोशी लगायत ४ प्रदेशमा आजपनि आंशिकदेखि सामान्य बदली रहने

Kanchan24 1+ समाचार ( )
अत्यधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
३१ जेठ २०८०, बुधवार

सुन्दरहरैंचा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहने बताइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।  

विभागले देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत रहेको उल्लेख गरेको छ ।  अत्यधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार