मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

कन्यादेवी आधारभुत विद्यालय लेटाङ-१ कटहरेको २९ औं वार्षिकोत्सव सम्पन्न (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

-तिलक राई

लेटाङ । कन्यादेवी आधारभुत विद्यालय लेटाङ—१ कटहरेको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तिकुमार लिम्बूको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख लावतीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने भन्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पहिले निकै समस्याग्रस्त रहेको यस विद्यालयको अवस्थामा निकै सुधार आएको भन्दै उहाँले अझ सुधार ल्याउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । नगर प्रमुख लावतीले विद्यालयको विकासका लागि प्राथमिकताका आधारमा प्रस्ताव लिएर आए नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिर्ख बहादुर राईले विद्यालयको कार्यप्रगती तथा भावि योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयमा आवश्यक परेका विभिन्न विषयवस्तुका बारेमा जानकारी गराउनुभयो । 

सो अवसरमा विद्यालयको विकासमा योगदान दिएको भन्दै पहाडी ग्रामिण विकास संस्था हडर्नका कार्यक्रम संयोजक सुरेश अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा साग्मा माध्यमिक विद्यालय लेटाङ-१ का प्रधानाध्यापक डिल्ली प्रसाद अधिकारी, हडर्नका कार्यक्रम संयोजक सुरेश अधिकारी र स्थानीय समाजसेवी धन बहादुर राईले समेत मतव्य राख्नुभयो । 

कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कापि र कलम प्रदान गर्दै पुरस्कृत गरिएको छ । यस्तै विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई हर्डनको ग्रामिण शिक्षा परियोजनामार्फत पुरस्कार प्रदान गरिएको छ । मेनोनाईट सेन्ट्रल कमिटी नेपालको सहयोगमा पहाडी ग्रामिण बिकास संस्था हडर्नमार्फत सञ्चालित ग्रामिण प्राथमिक शिक्षा परियोजनाको सहयोगमा ५ वर्ष यता निरन्तररुपमा वार्षिकोत्सव कार्यक्रममा सहयोग उपलब्ध गराउने गरिएको छ ।

कार्यक्रममा अभिभावकहरुका लागि म्युजिकल चियर र हन्डी फोर प्रतियोगिताका साथै भाग्यचिठ्ठा खेल खेलाइएको थियो । कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु र शिक्षकहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार