मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

बलान–बिहुलमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन नभएको भन्दै नेकपा एसले बझायो ज्ञापन पत्र

Anil Pokharel 36+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

कञ्चनरूप । नेकपा (एकीकृत समाजवादी) सप्तरी क्षेत्र नं. ४(ख) कमिटीले चौथो वर्ष लाग्दा समेत सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन हुन नसक्दा बलान–बिहुलका बासीले सास्ती खेम्नु परेको भन्दै बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलाई ज्ञापन पत्र बुझाएको छ ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलाई सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन हुन नसकेर २ सय ९२ जना बलान–बिहुलका बासीले पाएको दुःख प्रति नेकपा एकीकृत समाजवादी पार्टी सप्तरी क्षेत्र नं. ४(ख) कमिटीका अध्यक्ष अशोक कुमार यादवले १५ दिन भित्र सम्पूर्ण समस्याको समाधा हुने गरी प्रकृत्या अगाडि बढाउन अल्टिमेटम सहित सोमबार ज्ञापन पत्र बुझाए हुन ।
बलान–बिहुल गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम २०७७÷०८÷१९ गतेको “सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ (पहिलो संशोधन)“ गर्ने तयारी भै सकेको अवस्थामा तीन वर्ष पुरा भएर चौथो वर्ष लाग्दा समेत सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन हुन नसकेर २ सय ९२ जना बलान–बिहुलका बासीले पाएको दुःख प्रति नेकपा एकीकृत समाजवादी पार्टी सप्तरी क्षेत्र नं. ४(ख) कमिटी खेद ज्ञापन पत्र व्यक्त गरेको छ ।   
ज्ञापन पत्रमा भनिएको छ स्थानीय सरकारले हरेक योजनाहरूमा गरिरहेको चरम भष्ट्राचार र बलान–बिहुल वासीलाई स्थानीय सरकारले जुन जिम्मेवारी वहन गरी समग्र बलान–बिहुल बासीको आर्थिक स्तर माथि उकास्ने जस्ता विकासी योजना ल्याई समृद्धि गाउँपालिकाको परिकल्पनाको अनुभुति गराउने काममा अग्रसरता देखिनुपर्नेमा एक सरकारको अङ्गले जनताको सोच विचार र अधिकार माथि गम्भिर नभई गैर जिम्मेवारी ढंगबाट प्रस्तुत भएको उल्लेख छ । 
बलान–बिहुल सरकारले गरेका केही अनिर्णय कृयाकलाप र बलान–बिहुलका  २ सय ९२ जना नागरिकले लान–बिहुल सरकारका गतिविधि बाट भोगीरहेका समस्याहरू यथाशीघ्र समाधान गर्न बलान–बिहुल गाउँपालिका मल्हनियाँ, सप्तरी, लाई आजकै मिति देखी १५ दिन भित्र सम्पुर्ण समस्याको समाधान हुने गरी प्रकृत्या अगाडि बढाउन नेकपा एकीकृत समाजवादी पार्टी सप्तरी क्षेत्र नं. ४(ख) कमिटी र बलान–बिहुल वासीको तर्फबाट हार्दिक अनुरोध गर्दछु । र बलान–बिहुल बासीलाई स्थानीय सरकारका अनुभुति दिलाउने गरी यसको सम्बन्धित निकायबाट स्थलगत अनुगमन गरी बलान–बिहुल बासीको राय सुझाव सहित अगाडि बढाइयोस् ज्ञापन पत्रमा उल्लेख छ ।    
हाम्रा माग नै जनताका माग र आधारभूत आवश्यकता भएकाले आफ्नो जिम्मेवारीलाई वहन गरी गम्भिर भएर यिनै मागलाई सम्बोधन हुने गरी प्रकृयागत कार्यको थालनी हुने छ । भन्ने पूर्ण विश्वास लिएको छौँ । यदि हाम्रा माग माथि उल्लेखित समयभित्र औपचारिकतामा मात्र सीमित हुन गएमा नेकपा एकीकृत समाजवादी पार्टी सप्तरी क्षेत्र नं. ४(ख) कमिटीको आयोजनामा आम बलान–बिहुलबासी सर्वसाधारणको उपस्थितिमा जनसङ्घर्षका चरण बद्ध आन्दोलनका कार्यक्रमहरू तय गरिने छन् । त्यो अवस्था निकै कठिन हुने हुँदा समयमै समस्याको उपयुक्त समाधानका लागी बलान–बिहुल गाउँपालिका अध्यक्ष ज्यूको गम्भिर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको नेकपा एस सप्तरी क्षेत्र नं. ४(ख) कमिटीका अध्यक्ष अशोक यादवले बताए ।,

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार