मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

पुल बनाउन नापजाँच गर्ने क्रममा तमोर नदीले बगाउँदा बेलबारीका एक युवा वेपत्ता

Kanchan24 1+ समाचार ( )
९ आश्विन २०८०, शनिबार

मोरङ । धनकुटामा सिभिल इञ्जिनियरिङको प्रयोगात्मक अभ्यासका क्रममा चिप्लिएर तमोर नदीमा खस्दा मोरङको बेलबारीका एक युवा वेपत्ता भएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ मा पर्ने दिलुङटारबाट तमोर नदीले बगाएको हो । सहिदभूमि गाउँपालिका–१ सफाई र साँगुरीगढी गाउँपालिकाको दिलुङटारमा तमोर नदीमाथि पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा शुक्रवार साँझ खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । खत्री नदीको वारी सफाई र पारी दिलुङटारमा इन्जिनियरहरु बसेर पुल निर्माण स्थलको नापजाँच गर्दै थिए । नदी किनारको ढुंगामाथि चढेर नाप्ने क्रममा चिप्लिएर लड्दा खत्रीलाई नदीले बगाएको बताइएको छ । खत्री काठमाडौंको थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत थिए । दुई दिन अघि मात्र क्याम्पसबाट ६ जनाको टोली सिभिल इन्जिनियरिङको प्रयोगात्मक अभ्यासका लागि धनकुटा पुगेको थियो । शुक्रवार साँझदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी जारी राखिएको भए पनि नदीमा बाढी आएका कारण अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार