मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

सप्तरीको चिम्टीमा भीषण आगलागी हुँदा २ सय भन्दा बढी घर जलेर नष्ट

Kanchan24 38+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ स्थित चिम्टीमा मंगलबार भीषण आगलागी हुँदा २ सयभन्दा बढी घर जलेर नष्ट भएका छन । 

दिउँसो २ बजेदेखि सुरु भएको आगलागीमा १ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 
तीब्र गतिको हुरीमा आगलागी भएको हुँदा ठूलो क्षति भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको  स्थानीयले जनाएका छन ।  दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासि आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । 
राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा अध्यक्ष जयकिशोर दासले जानकारी दिए । उनका अनुसार साँझ ६ बजेसम्म पनि आगो पूर्ण  नियन्त्रणमा आएको छैन ।
आगलागीको क्षति बारे विवरण संकलन भइरहेकोले कतिसम्म क्षति भएको भन्ने सम्बन्धमा अझै यकिन नभएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार