मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

एमाले निकट अनेरास्ववियुद्वारा शिक्षक आन्दोलनको समर्थन

Kanchan24 1+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षक आन्दोलनको समर्थन गरेको छ । विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘विद्यालय शिक्षा विधेयक २०८०’ सरकारले सरोकारवालाहरुसँग परामर्श नगरी विभिन्न स्वार्थ समूहहरुको प्रभावमा परेर नेपालको सार्वजनिक शिक्षालाई ध्वस्त पार्न एकपक्षीय ढंगले संसदमा दर्ता गराएको अनेरास्ववियुको आरोप छ ।

‘विद्यालय शिक्षा विधेयक २०८०’मा थुप्रै संशोधन गर्नु पर्ने विषयहरु भएकोमा त्यस तर्फ अनेरास्ववियुले वृहत अध्ययन, अनुसन्धान र बहुपक्षीय छलफल पश्चात विधेयकमा संशोधन गर्नु पर्ने विषयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने अनेरास्ववियुले जनाएको छ ।

सरोकारवाला पक्षको रुपमा रहेका शिक्षकहरु नेपाल शिक्षक महासंघको नेतृत्वमा विधेयकका केही प्रावधानहरुमा असहमति जनाउँदै आन्दोलनरत रहेकोमा शिक्षक महासंघले अगाडि सारेका जायज मागहरु प्रति अनेरास्ववियुको नैतिक समर्थन रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्तिमार्फत जनाउनु भएको छ । 

‘‘‘सरकारको अक्रमन्यताले गर्दा यस आन्दोलनले सार्वजनिक विद्यालयहरुको पठनपाठन अवरुद्ध भएको र विद्यार्थीहरुको नियमित पठनपाठनको अधिकार कुण्ठित समेत भएकोमा अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण समेत भएको छ । ’विज्ञप्तिमा भनिएको छ ।

“विद्यालय शिक्षा विधेयक २०८०’ नेपालको शिक्षा प्रणालीको लागि दिर्घकालीन महत्वको विषय भएको हुनाले बहुपक्षीय छलफल तथा परामर्श गरी समाधान निकाल्ने तर्फ प्रकृया अगाडि बढाउन र आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सम्बोधन गरी पठन पाठन सुचारु गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु सरकार समक्ष माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार