मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

दल वा शुभेच्छुक संगठनमा नरहने केराबारीका शिक्षकहरुको घोषणा

Kanchan24 1+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

केराबारी । मोरङको केराबारी गाउँपालिकास्थित आमजुंगी आधारभुत विद्यालयका सम्पूर्ण शिक्षकहरुले कुनै पनि दल वा शुभेच्छुक संघ संस्थामा नरहने सामुहिक घोषणा गरेका छन् । विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशीत गरि कुनैपनि दलको भ्रातृ संगठन तथा शुभचिन्तक संघ संस्थामा नरहने घोषणा गरेका हुन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघसँगको आह्वानमा देशभरका शिक्षकहरु आन्दोलित बनेपनि महासंघले व्यक्तिगत स्वार्थमा लिप्त भइ गद्दारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।    

उनीहरुले नेपाल शिक्षक महासंघसँगको आबद्धता समेत तोड्दै सामूहिक राजीनामा दिएका छन् । विज्ञप्तीमा सकारात्मक भूमिका निर्वाह गर्ने सवालमा गम्भीर नबनेको र सकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भएर गद्दारी गरेको जनाउँदै उनीहरुले अब उप्रान्त कुनै पनि दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा गरेका छन् ।

विज्ञप्तीमा विद्यालयका प्रधानाध्यापक रेवती प्रसाद आचार्यसहित ८ जना शिक्षक र २ जना कर्मचारीले हस्ताक्षर गरेका छन् । नेपाल शिक्षक महासंघसँगको अगुवाइमा देशभरका शिक्षकहरु राजधानीमा आन्दोलन गरिरहेको अवस्थामा महासंघ र सरकारबीच वार्ता भइ सहमति भएपछि महासंघले आन्दोलन फिर्ता लिएपनि राहत लगायतका शिक्षकहरु भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार