सप्तरीको डाकनेश्वरी १ का वडाध्यक्षको मृत्यु , तीनवटा वडा वडाध्यक्ष विहीन
४ कार्तिक २०८१, आइतबार
पातो । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष ६० वर्षीय पृतम लाल चौधरीको आइतबार हृदयघात (हर्टएट्याक) भएर मृत्यु भएको छ ।
गत स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित चौधरी मृत्युपछि डाकनेश्वरीमा तीनवटा वडा वडाध्यक्ष विहीन बन्न पुगेको छ । नगरपालिकाको १० वडा मध्ये
वडा नम्बर ४ वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो भने २ नम्बर वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा अहिले कारागारमा रहँदा नगरपालिकाको तीनवटा वडा वडाध्यक्ष विहीन बन्न पुगेको छ ।
यता डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ ।