मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |

तिरहुत गाउँपालिकाकी उपाध्यक्ष सहित ११ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए

Kanchan24 198+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

कञ्चनरूप । सप्तरीको तिरहुत गाउँपालिकामा उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित ११ जलाई सात महिना अघि दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिइएको छ ।
विशेष अदालतले गाउँपालिकाका लेखा प्रमुख सोनु कुमार सोनी, पालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, समिति सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्र कुमार यादव, भोगानन्द महत्मान यादव र रमानन्द चौधरीको पनि संलग्नता रहेको दाबीसहित मुद्दा चलाइएको थियो । उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीविरुद्ध मुद्दा चलाइएकोमा उनीहरूले पनि सफाइ दिइएको छ ।
विशेषमा गत २३ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नं. ५ मा पर्यटन गेट निर्माणमा ११ लाख १९ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भनी मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइ दिने फैसला गरेको हो । 
आर्थिक वर्ष ०७५–७६ मा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र इन्जिनियर खुर्सेद इकरामले मिलेमतोमा गेट निर्माणमा अनियमितता गरेको अभियोग लगाइएको थियो । निर्माण अधुरै छाडेको, रङ्गरोगन र संवर्द्धनका लागि पनि सम्झौता पत्रमा उल्लेख गरी कम कामको पूरा भुक्तानी दिएको जस्ता आरोप उनीहरूमथि थियो । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार