मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

अनेमसंघ लेटाङद्वारा चिसाङ खोला छेउमा सरसफाई

Kanchan24 1+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

लेटाङ । अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगर कमिटीले आज सरसफाई कार्यक्रम गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित चिसाङ खोला नजिकैको मदन भण्डारी राजमार्ग आसपासको क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।

संगठनको सर्कुलर अनुशार फोहरमैला व्यवस्थापन तथा सरसफाई अभियान अन्तरगत लेटाङमा पनि सरसफाई कार्यक्रम गरिएको नगर कमिटी सचिव तारा निरौलाले जानकारी दिनुभयो । खासगरि चिसाङ खोलास्थित शवदाहस्थल आसपासको क्षेत्रमा फोहरमैला बढ्दै गइरहेको अवस्थामा संगठनको सर्कुलर अनुसार सरसफाई कार्यक्रम गरिएको अनेमसंघ लेटाङ नगर कमिटी अध्यक्ष मनकुमारी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेमसंघ कोशी प्रदेश सदस्य तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला र वडा नं. ३ का वडाध्यक्ष डम्बर राईको समेत सहभागिता रहेको थियो ।

उपप्रमुख निरौलाले फोहरलाई नदी वा खोलामा बगाउने तथा जलाउने नगरी त्यसको उचित व्यवस्थापन गर्नुपर्ने चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो गाउँ शहर र वरपरका क्षेत्रलाई सँधै सफा राख्नुपर्छ भन्ने सन्देहसहित कार्यक्रम गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले, अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ लेटाङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार