मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

समाचार लेखेकै कारण पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कडा कारबाहीको माग

Kanchan24 314+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

राजविराज । नेपाल पत्रकार महासङ्घ सप्तरीले समाचार लेखेकै कारण सप्तरीका पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की दिने माथि कडा कारबाहीको लागी  नेपाल पत्रकार महासङ्घ, सप्तरीले माग गरेको छ । महासङ्घद्वारा मङ्गलबार  एक प्रेस विज्ञप्ति जारी गर्दै  जिल्ला कोषाध्यक्ष समेत रहेका पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने माथि कडा कारबाहीको माग गरिएको  हो ।
पत्रकार गुप्ताले “महदेवामा कामै नगरी करोडौँको भुक्तानी” शीर्षकमा राजविराजबाट प्रकाशित हुने राजविराज दैनिकका साउन ११ गते अनियमितता सम्बन्धी समाचार लेखेका थिए । आफ्नो नाम पत्रिकामा किन छापेको भन्दै सोमबार राती ९ बजेतिर ९८१५७७६६८८ नम्बरको मोबाइलबाट अभिषेक मण्डलले गालीगलौज सहित आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार गुप्ताले बताए ।
मङ्गलबार शाखा सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, सहसचिव गोपालप्रसाद गुप्ता, सदस्यद्वय विद्यानन्द राम र कृष्णकुमार मण्डलसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेर पत्रकार धम्क्याउने मण्डललाई अविलम्ब पक्राउ र कारवाहीको माग गर्दै निवेदन दिएको छ ।
नेपाल पत्रकार महासङ्घ, सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार  गुप्तालाई दिएको ज्यान मार्ने धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारमा चित्त नबुझे खण्डन गर्ने प्रक्रिया हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु गलत भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
धम्की दिने मण्डललाई कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै कारबाही नगरिए आन्दोलनमा उत्रिने महासङ्घका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जारी गरेको विज्ञप्तिमा चेतावनी समेत दिइएको छ । 
यसैगरी नेपाल प्रेस युनियन सप्तरीले समेत पत्रकार गुप्तालाई धम्की दिने माथि कडा कारबाहीको माग गरेको छ । जिल्ला सह सचिव परिष कर्णले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी  गर्दै पत्रकार गुप्ता माथि दिइएको धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएका छन् ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार