मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

आज हरितालिका तीज, यस्तो छ तीजको महिमा

Kanchan24 1+ समाचार ( )
१ अशोज २०८०, सोमबार

मोरङ । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । आजका दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँदैछन् । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् भन्ने विश्वास छ । गएराति अवेर दर खाएर आज निराहार र निर्जला व्रत बस्ने प्रचलन छ । पार्वतीले शिवजीलाई वरका रूपमा प्राप्त गरौं भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास छ । 

आजको दिन अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । 

आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ, धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा लगायत देशभरका शिवमन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । आज व्रत बसेर मन्दिरमा पूजा अर्चना गरेपछि विभिन्न तीज गीतमा नाचगान गर्ने चलन छ । पछिल्लो सयम तीजको नाममा महिना दिन अघिदेखि  दर खाने भन्दै नाचगान गरि रमाइलो गर्ने चलन बढ्न थालेको छ ।  

यस्तो छ तीजको महिमा 

 हरितालिका तीज शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । त्यसपछि जगतका पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपसना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । भगवान विष्णुले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भएर चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । विष्णु भगवान अर्थात हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिनलाई हरि तालिका भनिएको बताइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार