मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

दुई शतक बनेकाे खेलमा बैंग्लाेरकाे सानदार जित

Kanchan24 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

विराट कोहलीको शतक र कप्तान फाफ डुप्लेसीसँग पहिलो विकेटका लागि शतकीय साझेदारीको मद्दतले आईपीएलअन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गरेको छ । याेसँगै बैंगलाेरले प्लेअफ खेल्ने सम्भावना बलियाे पारेकाे छ । 

पहिले ब्याटिङ गरेको हैदरावादले हेनरिक क्लासेनको तेजतर्रार शतकको मद्दतले बैंग्लाेरलाई १ सय ८७ रनको लक्ष्य दिएको थियो । बैंगलाेरका ओपनर कोहली र डुप्लेसीले सुरुवातबाटै आक्रामक रन बटुलेर लक्ष्य सजिलाे पारे । 

दुवै ओपनरले पहिलो बलमै ठूला प्रहार गर्दै जितकाे बाटाे देखाएका थिए । विराटले पहिलो ओभरको पहिलो दुई बलमा चौका प्रहार गर्दा डुप्लेसीले पनि आफूलाई पछि राखेनन् । 

दुवै ब्याट्सम्यान १८औँ ओभरसम्म पिचमा रहे र पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरे । विराटले ६३ बलमा १०० रनको इनिङ खेले भने डुप्लेसीले ४७ बलमा ७१ रन बनाए ।

बैंग्लोर तीन बल बाँकी छँदै खेल जितेर अंक तालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष चार टोलीमा प्रवेश गरेको छ । प्लेअफको दौडमा रहन बैंग्लाेरका लागि हैदरावादविरुद्ध खेल जित्नु निकै महत्वपूर्ण थियो । आईपीएलकाे जारी सिजनमा गुजरात टाइटन्स प्लेअफमा पुगेको छ । बाँकी तीन टोलीको टुंगाे लाग्न अझै बाँकी छ । 

बैंगलाेरले अब आफ्नो अन्तिम लिग खेलमा गुजरात टाइटन्ससँग खेल्नु पर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार