मुख्य समाचार
राजविराजमा अन्तरक्रियासहित मनाइयो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस | सप्तरीमा पूर्वमुख्यमन्त्री सहित ९० उम्मेदवारको जमानत जफत | मधेशमा ठूलो उलटफेर : मधेशकेन्द्रित दलहरू संसदबाहिर, ऐतिहासिक ‘क्लीन स्वीप’ | कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा | कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि | राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश | सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन | सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड | सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान | सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान |

हडनद्वारा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई तालिम प्रदान

Kanchan24 1+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

-तिलक राई

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर १ मा रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुका लागि शुक्रवारदेखि २ दिने तालिम सुरु भएको छ । ग्रामिण भेगमा शैक्षिक गुणस्तरीयता वृद्धि गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ गुणस्तरीय शिक्षा प्रदान तथा बालमैत्री नमूना विद्यालय निर्माण गर्नका लागि बालमैत्री शिक्षण विधि र बाल संरक्षण नीति सम्बन्धि तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै लेटाङ १ का वडाध्यक्ष विष्णु कुमार मगरले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक सबै भन्दा जिम्मेवार हुने भन्दै शिक्षकको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप व्यवहारमा प्रयोग गर्नुपर्ने बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु स्थानीय सरकारको प्रमुख लक्ष्य रहेको पनि बताउनुभयो । 

यस्तै पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ हडनका कार्यक्रम संयोजक सुरेश अधिकारिले बालमैत्री विद्यालय निर्माण गर्न नीति बनाउन सहयोग पुग्ने भएकाले तालिमबाट सिकेका ज्ञान, सीप आफ्नो पेशागत जीवनमा र संस्थाको विकासमा लगाउनुपर्ने बताउनु भयो ।

पहाडी ग्रामीण विकास संस्था हर्डनको आयोजना, मेनोनाइट सेन्ट्रल कमिटी नेपाल र लेटाङ नगरपालिका वडा नम्बर १ को सहयोगमा आयोजना गरिएको तालिमको पहिलो दिन विद्यालयका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, विद्यालयका चुनौती र अवसरका बारेमा समूहगत छलफल गरिएको थियो । 

विद्यालय व्यवस्थापन समिति संघका केन्द्रीय सदस्य बेदनीधि ढकालले सहजिकरण गर्न‘ भएको तालिममा लेटाङ नगरपालिका वडा नम्बर १ भित्र रहेका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, सहयोगी कर्मचारी लगायतको सहभागिता रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार