मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

वडाबाट सिफारिस योजना समेत कटौती गरिएको भन्दै एमाले सांसद बस्नेतको आपत्ति

Kanchan24 1+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

विराटनगर । कोशी प्रदेशका सांसद तथा नेकपा एमाले नेता खड्ग बहादुर बस्नेतले जनतासँग छलफल गरेर वडाबाट सिफारिस गरिएका योजनाहरु समेत कोशी प्रदेश सरकारले कटौती गरेको भन्दै आपत्ती जनाउनु भएको छ । आज बसेको संसद् बैठकमा कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०८०/०८१ को बजेटको प्रतिस्थापन विधेयकसम्बन्धि छलफलमा सहभागी हुँदै सांसद् बस्नेतले आफूले विधि पद्धति अनुशार सिफारिस गरेका योजनाहरु वर्तमान सरकारले कटौती गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले जनतासँग छलफल गरेर वडाबाट समेत सिफरिस गरेर विधि पूर्वक ल्याइएका विद्यालय, सिंचाई र खानेपानी जस्ता महत्वपूर्ण र अत्यावश्यक योजनाहरु समेत प्रदेश सरकारले कटौती गरेको बताउनुभयो । सरकारले एउटा पद्धतीमा रहेर बजेट तयार गर्नुपर्नेमा त्यस्तो नभएको पाइएको भन्दै उहाँले सरकारका जनप्रतिनिधिहरु कमजोर भएको वा कर्मचारीहरु विचौलियासँग लागेर यस्तो अवस्था आएको भन्दै प्रश्न गर्नुभयो ।

अघिल्लो सरकारले १ करोड बजेट छुट्याएकोमा नयाँ सरकार आएपछि बजेट कटौती गरि २५ लाखमा झारिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । सांसद बस्नेतले यस्तै रवैया रह्यो भने प्रदेशको अस्तित्व नै समस्यामा पर्ने होकी भनेर आफुलाई चिन्ता लागेको पनि उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

nagendra १३ मंगशिर २०८०, बुधवार

सही बिषय उठान गर्नुभयो। माननिय ज्यु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार