मुख्य समाचार
कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न |

सप्तरीमा पूर्वमुख्यमन्त्री सहित ९० उम्मेदवारको जमानत जफत

Anil Pokharel 37+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

कञ्चनरूप । प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा ठूलो संख्यामा उम्मेदवारले जमानत जोगाउन सकेनन्। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंह, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साह तथा नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीसहित ९० जना उम्मेदवारको जमानत जफत भएको छ।

प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। यही प्रावधानका कारण यस निर्वाचनमा जम्मा १२ जना उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारले जमानत जोगाउन सकेनन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सप्तरीका चार निर्वाचन क्षेत्रमा क्रमशः क्षेत्र नं. १ मा ७१ हजार ३२४, क्षेत्र नं. २ मा ६२ हजार ५५४, क्षेत्र नं. ३ मा ६९ हजार २५२ र क्षेत्र नं. ४ मा ६६ हजार ३०३ मत सदर भएको छ।

क्षेत्र नं. २ मा पूर्वमुख्यमन्त्री सतिश सिंहसहित ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव विजयी भएका छन्। जनता समाजवादी पार्टी नेपालका उम्मेदवार तथा पूर्व प्रतिनिधिसभा सदस्य उमेशकुमार यादव १४ हजार २६३ मतसहित दोस्रो स्थानमा रहँदा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) ८ हजार ९८० मतसहित तेस्रो स्थानमा रहे। सिंहले ३ हजार ५५७ मत प्राप्त गर्दै चौथो स्थानमा रहे पनि जमानत जोगाउन सकेनन्।

यसैगरी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साह, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाजु डा. जयकान्त राउतलगायत १८ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्। नेकपा एमालेका उम्मेदवार प्याकुरेलले ७ हजार ६५२ मत प्राप्त गरे भने स्वाभिमान पार्टीका सुमित साहले ७ हजार ८४७ मत ल्याउँदै जमानत जोगाउन सफल भए।

क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार अमरकान्त चौधरी ३२ हजार ८७५ मत ल्याउँदै विजयी भए। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मतसहित दोस्रो स्थानमा रहे। नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद दिनेश कुमार यादवले भने जमानत जोगाउन कठिन अवस्था सामना गर्नुपरेको देखिएको छ। यसै क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी पनि जमानत जोगाउन असफल भएका छन्।

त्यस्तै क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह ३६ हजार ४१२ मत ल्याउँदै विजयी भएका छन्। यस क्षेत्रमा नेकपा नेतृ तथा पूर्व मधेश प्रदेशसभा सदस्य रुवीकुमारी कर्णसहित २२ जना उम्मेदवारको जमानत जफत भएको छ। नेपाली कांग्रेसका तेजुलाल चौधरी र जनता समाजवादी पार्टी नेपालकी नेतृ वाँवी सिंहले भने जमानत जोगाउन सफल भएका छन्।

यस निर्वाचनले सप्तरीको राजनीतिक समीकरणमा नयाँ संकेत देखाएको विश्लेषकहरूको भनाइ छ। नयाँ दल र स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण बढ्दै गएको परिणामका रूपमा धेरै स्थापित नेताहरू समेत जमानत जोगाउन असफल भएको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार