मुख्य समाचार
कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न |

लेटाङ, जाँतेमा उत्तरी मोरङकै पहिलो गौशाला सञ्चालन

Kanchan24 1+ समाचार ( )
७ पौष २०८०, शनिबार

मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा उत्तरी मोरङकै पहिलो गौशाला सञ्चालनमा आएको छ । लेटाङ ९ जाँतेस्थित गणेश मन्दिर परिसरमा श्रीकृष्ण गौशाला नाम दिएर आजदेखि गौशाला सञ्चालनमा ल्याइएको हो । आज झापाको शिवसत्ताक्षी नगरपालिकास्थित सतासिधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्वअध्यक्ष प्रसाद सुब्बा, सताक्षाीधामस्थित गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज, पण्डित घनश्याम खनाल लगायतको उपस्थितिमा विशेष कार्यक्रम गरि गौशालाको औपचारिक सञ्चालन गरिएको हो ।

सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालाले निःशुल्क रुपमा उपलब्ध गराएका १२ वटा गाई र एउटा नन्दी आज जाँतेस्थित श्रीकृष्ण गौशालालाई धर्मिक विधिपूर्वक हस्तान्तरण गरि गौशाला सञ्चालन गरिएको हो । गौशाला सञ्चालनका लागि स्थानीय स्तरमा सहयोग जुटाएर गोठ निर्माण गर्नुका साथै परालको व्यवस्थापन गरिएको बताइएको छ । 

गाईको धार्मिक तथा वैज्ञानिक महत्व रहेकाले गाई संरक्षण गर्नुपर्ने भन्ने उद्देश्यले गौशाला सञ्चालनमा ल्याइएको लेटाङ ९ जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठ सञ्चालक समिति अध्यक्ष सोमानाथ निरौलाले जानकारी दिनुभयो । विद्यापीठमा समेत सहयोग पुग्ने तथा गाईको संरक्षण समेत हुने भएकाले स्थानीयवासीले स्वतस्फूर्त रुपमा सहयोग जुटाएर गौशाला सञ्चालन गरेको उहाँको भनाइ छ । गौशालाबाट विद्यापीठमा दूध उपलब्ध गराइने, साँढेमार्फत स्थानीय जातका गाईको प्रजनन विकास गराउने, गहुँत उत्पादन गरि विक्रि गर्ने लगायतका काम गर्ने उद्देश्य रहेको निरौलाले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै सतासिधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्वअध्यक्ष प्रसाद सुब्बा र सताक्षाीधामस्थित गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजले गाईको संरक्षण गरि थप गाईको संख्या बढाएर लैजान आग्रह गर्दै यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले गौशालाबाट स्थानीय क्षेत्रका गाईपालक किसानहरुलाई पनि फाइदा पुग्ने गरि काम गर्न आग्रह गर्नभुयो ।

यस्तै कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र प्रसाद घिमिरे, लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडा, स्थानीय समाजसेवी इन्द्र बहादुर मावोहाङ लगायतले सबै मिलेर गौशालाको विकासमा जुट्नु पर्ने बताउनुभयो । सोही अवसरमा अर्को वर्ष आजकै दिनदेखि गौशाला परिसरमा सप्ताह महापुराण सञ्चालन गर्ने संकल्प समेत गरिएको छ । 

यसैबीच आजै लेटाङ ९ जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठको छात्रावास भवनको शिलान्यास पनि गरिएको छ । गत वैशाखमा सञ्चालन गरिएको महायज्ञबाट संकलित रकम तथा विभन्न दाताहरुबाट सहयोग जुटाएर ४ कोठे ३ तलाको भवन निर्माण गर्ने तयारीका साथ शिलान्यास गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार