मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ्य क्षेत्रको बिकास हुनपर्ने : डाक्टर शेखर कोइराला

Kanchan24 184+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

कञ्चनरुप । नेपाली काग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोइरालाले अहिले देश आर्थिक जर्जरता र अराजकता तिर जान थालेकोले साथै आर्थिक मन्दिलाई अन्त्य गर्न दुई ठुलो दल नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार संचालन गर्नु परेको बताएका छन ।  

कोइरालाल सप्तरीको कञ्चनरुप नगरपालिकामा स्थित रुपनगर फत्तेपुर कञ्चनपुर जोडनै त्रीमार्ग मोडको  सडकमा  बिशेश्वर प्रसाद कोइरालाको शालिक अनावरण तथा बिपि चोक नामागंकरण गर्दै यस्तो बताएका हुन । 

डाक्टर कोइरालाले कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रको अवस्था पनि सोचे अनुसारको सुविधा सम्पन्न नभएकाले जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ्य क्षेत्रको बिकास हुनपर्नेमा जोड दिदै कञ्चनरुप नगरपालिका भित्र रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

डाक्टर कोइरालाले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको अवस्था ज्यादै नाजुक भएकाले उपलब्धिमुलक गुणस्तरीय शिक्षा प्रदान गरि मानिसलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । 

महिलाहरु उधशील नभएसम्म समाजको बिकास नहुने भएकाले यस ठाउँमा एउटा महिला उधमशीलको उधोग संचालन हुन आवश्यक रहेको भन्दै दुई तीन बिघा जमिन पालिकाले उपलब्ध गराएमा उधोग खोल्न सहयोग  गर्ने डाक्टर कोइरालाले प्रतिवद्धता ब्यक्तगरेका छन ।

शालिक अनावरण तथा बिपि चोक नामागंकरणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी नेकपा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौसल किशोर राय , प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादव, एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले नेपाली काङ्ग्रेसका मोरङ्ग सभापति एवम् पूर्व मन्त्री डिक बहादुर लिम्बू , पूर्व मन्त्री सत्यनारायण मण्डल ,नेपाली काङ्ग्रेसका सप्तरी सभापति रामदेव साह, जसपाका नेता एवम् पूर्व साँसद डाक्टर सूर्यनारायण यादव लगायतका बक्ताहरुले बिपिको योगदानको बारेमा चर्चा गरे ।

कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपप्रमुख मुना कुमारी पोखरेलले गरिकी थिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार