मुख्य समाचार
सप्तरीका पत्रकार विनयलाल कर्णलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार | कञ्चनरूपमा बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु, उपचारका लागि धरान रेफर | शीतलहरको कहरः सप्तरीको कञ्चनरुपमा चिसोले एक मजदुरको मृत्यु | कञ्चनरुपको काटुन “कामभन्दा ठूलो ताली, विकासभन्दा ठूलो विवाद” | कञ्चनरूपमा आरोप र प्रत्यारोपको भारी , शिक्षक तथा कर्मचारी महिनौँ देखी तलब नपाँउदा सङ्कटमा | कञ्चनरूपमा प्रशासनिक अराजकता चुलिँदै, कर्मचारी–शिक्षकको तलब ‘आकाशको फल’ जस्तै | कोशी स्नान र कोशी मेलास: श्रद्धा, संस्कृति र व्यापारको संगम | बहुविवाह मुद्दामा कानुनको नजरबाट टाढा रहँदै आएकी एक महिला प्रहरीको नियन्त्रणमा | चार वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ | जाडो र शीतलहर बढेपछि कञ्चनरूप र अग्नीसाइर कृष्णासवरनमा तीन दिन विद्यालय विदा |

तहटमा सुटकेशभित्र फेला परेकी महिलाको पहिचान खुल्यो

Kanchan24 251+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रौतहट ।  रौतहटमा सुटकेशभित्र फेला परेकी महिलाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव माधवनारायण नगरपालिका–६ माधोपुर माइत भएकी २६ वर्षीया रुबिकुमारी साहको रहेको पुष्टि भएको हो। भारतको मजफरपुरमा विवाह भएकी साह हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरामा बस्दै बालबालिकालाई पढाउँदै आएकी थिइन्।

शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोल्दा भित्र साहको शव भेटिएको हो।

प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजु कार्कीका अनुसार मृतकको नाकबाट रगत बगेको र घाँटीमा डाम देखिएको छ। प्रारम्भिक अनुसन्धानमा हत्या गरी शव लुकाउन सुटकेशमा राखिएको हुन सक्ने अनुमान गरिएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। यो घटनालाई योजनाबद्ध आपराधिक गतिविधि मान्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार