मुख्य समाचार
पडेमाराका अग्निपीडितलाई बाँतर सरदार समाजद्वारा राहत सामग्री प्रदान | महादेवा चिम्टीका अग्निपीडित परिवारहरू बिजोग, भुजा खाएर रात विताउनु पर्ने बाध्यता | सप्तरीको चिम्टीमा भीषण आगलागी हुँदा २ सय भन्दा बढी घर जलेर नष्ट | कञ्चनरूप पडेमाराका अग्निीपीडितलाई गृहमन्त्री लेखीले गरे आर्थिक सहयोग | कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय | सप्तरी माओवादी केन्द्रको जिल्ला अध्यक्षमा छेदी रजक चयन | कञ्चनरूप पडेमाराका अग्निपीडितलाई नगद राहत वितरण | सप्तरीमै दोश्रो निजी विद्यालय संस्थापक सिटौलाको निधन भोलि कञ्चनरूप क्षेत्रका निजी विद्यालयहरू बन्द रहने | पत्रकार महासंघ सप्तरीको ११ औं अधिवेशन बैशाख १६ गते तिरहुतको लोहजरा दह हुने | शंकर मावि काष्ठमहलबाट कक्षा १२ को परीक्षा १०२ जना विद्यार्थीहरू सहभागि हुँदै |

सहिदको सालिक शिक्षा विकास परिसरमै राख्न विप्लव माओवादीको माग

Kanchan24 1+ समाचार ( )
१० माघ २०८०, बुधवार

उर्लाबारी । विप्लव नेतृत्वको माओवादी पार्टी भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा देखिएको ‘सहिद’ को शालिके  विवादमा नेकपा माओवादी केन्द्र र नगरपालिका दुवै दोषि देखिएको जनाएको छ । 

लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको शालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्क बनाउन लागिएको खाली स्थानमा शालिक ठड्याएका थिए । त्यसपछि लेटाङ नगरपालिकाका नगर प्रहरीले सो शालिक हटाएपछि त्यो कार्यको सहिद स्मृति प्रतिष्ठानको नाममा माओवादी केन्द्रले विरोध जनाउँदै आएको छ ।

यसै विषयलाई लिएर विप्लव नेतृत्वको नेकपाले सहिद भट्टराईको शालिकलाई पुर्ववत अवस्थामै शिक्षा विकास मावि परिसरमै राखिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो । ‘लेटाङ ५ स्थित शिक्षा विकास मावि परिसरमा फलैचासहित सो शालिकलाई पुनः ससम्मान स्थापित गरियोस्’, विज्ञप्तिमा भनिएको छ । यस्तै, स्थानीय सरकारको नेतृत्वमा साविकका लेटाङ, भागटेनी, जाँते र वाङ्गी गाविसमा सहादत प्राप्त गर्ने १६ जना सहिदको नाममा सहिद स्मारक पार्क बनाउन पनि विज्ञप्तिमा माग गरिएको छ । 

नेकपाका पूर्वी मोरङ जिल्ला सचिव डिल्ली सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  ‘नाटकीय ढंगबाट भएका दुबै घटनाले नेकपा मोरङको गम्भीर ध्यानाकर्षण भएको छ ।’ शालिक राखिएको स्थान वरपरका बासिन्दालाई जानकारी नगराएको र विरालोले न्याउरा सारे जसरी अन्यत्र स्थानान्तरण भएको भन्दै मओवादी केन्द्रलाई दोष दिएको नेकपाले नगरपालिकाको पनि गल्ति औंल्याएको छ ।

लेटाङ नगरपालिकाले सुरक्षाका नाममा प्रहरी कार्यालयमा शालिक राखेको जनाउँदै सो कार्य संवेदनशील र अराजक भएको टिप्पणी गरिएको छ । शालिक हटाउने र राख्नेजस्ता कार्य दुःखद परिस्थिति भएको जनाउदै दुबै पक्षलाई समस्या समाधान गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया

इमनथ पोखरेल ११ माघ २०८०, बिहीबार

पदमा राजनिती,प्राकृतिक श्रोत साधन प्राप्तिको राजनिती,भ्रस्टाचारको राजनिती,आफ्नो आन्को भैंसी नदेख्ने अर्काको आन्को जुम्रा देख्ने राजनिती,मन नपरेकाको अर्ति बीस सम्झने राजनिती,माथिका नेताको सिको गर्ने राजनिती त चलनै बनाइयो है। तर श्रमजिबी सर्बहारा किसान मजदुरको हक ,हित ,रमुक्तिको आन्दोलनमा जीवन मुक्तिदान गर्ने योद्धा माथी टेकेर राजनितिको खेल नखेले बेस होला।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार