मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

विराटनगरको विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा बिकेभीएम विजेता, एभरेष्ट उपविजेता

Kanchan24 1+ समाचार ( )
३० भाद्र २०८०, शनिबार

विराटनगर । चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा विराटनगरको बिकेभीएम स्कुल विजेता बन्दा एभरेष्ट स्कुल उपविजेता बनेको छ ।  विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बिकेभिएमले विराटनगरको एभरेष्ट स्कुललाई २ अंकको अन्तरमा हराउँदै उपाधि जितेको हो।

यो सँगै बिकेभिएमले लगातार दोस्रो पटक उपाधि जितेको छ । प्रतिस्पर्धात्मक खेलमा बिकेभिएमले ३९ अंक बनाउँदा एभरेष्ट ३७ अंक बनाएको थियो।

व्यक्तिगत २० अंक बनाएका बिकेभिएमका आकाश चौधरीले म्यान अफ द म्याच घोषित हुनुभयो भने लिगकै मस्ट भ्यालुएबल खेलाडी एभरेष्टका शिव साह हुनुभयो । त्यसैगरि, लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने बिकेभिएमका सन्तोष साह उदयीमान खेलाडी घोषित हुनुभयो ।

तेस्रो स्थानका लागि भएको खेलमा पोखरीया स्कुललाई ३८–२२ अंकले पराजित गर्दै सगरमाथा स्कुल विजयी भयो। सगरमाथाका उत्सव कार्की म्यान अफ द म्याच घोषित हुनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङलगायतले खेलाडीहरुलाई शुभकामना दिँदै पुरस्कार प्रदान गर्नुभयो ।

भाद्र १५ गतेदेखि विराटनगरमा होम एण्ड अवे अन्तर्गत लिग खेल भएको थियो। प्रतियोगितामा विराटनगरका एभरेष्ट, बिकेभिएम, सगरमाथा, पोखरिया, अरनिको, सेन्ट जोसेफ, डिपिएस र डनबस्को स्कुलले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार