मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

लेटाङका जनप्रतिनिधिहरुलाई उद्घोषण तथा भाषणकला तालिम (भिडियो सहित)

Kanchan24 1+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

लेटाङ । लेटाङ नगरपालिकाले जनप्रतिनिधिहरुका लागि ३ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ को सभाहलमा माघ २३ गते मंगलबारदेखि सुरु भएको ३ दिने तालिम आज बिहीबार सम्पन्न भएको हो । 

आज बिहीबार भएको तालिमको समापन समारोहमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । मोरङ खबरका पत्रकार रेवती रमण निरौलाले सहजिकरण गर्नु भएको तालिममा लेटाङ नगरपालिकाका विभन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडासदस्यहरु गरि ३० जनाको सहभागिता रहेको थियो । 

तालिममा सहभागी जनप्रतिनिधिहरुले तालिम निकै फलदायी रहेको भन्दै तालिम आयोजना गरेर नयाँ कुराहरु सिक्ने अवसर दिएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन् ।

लेटाङ ९ का वडासदस्य गोपाल मगर, लेटाङ २ की वडासदस्य मिलमाया विसंखे, लेटाङ ६ की वडासदस्य तिलकुमारी नेपाली, वडा नम्बर ३ की वडासदस्य अमिता राई, वडा नम्बर ५ का वडासदस्य राम बहादुर पौडेल, कार्यपालिका सदस्य माया नेपाली, पुरनमाया राई  र गीता मगर लगायतले जनप्रतिनिधिको रुपमा निर्वाचित भएपनि सभासमारोहहरुमा बोल्न समस्या हुने गरेको भन्दै तालिमबाट निकै फाइदा पुगेको बताउनुभयो । 

तालिमको समापन समारोहमा प्रशीक्षार्थी जनप्रतिनिधिहरुले विभिन्न भूमिकामा मन्तव्य समेत प्रस्तुत गरेका थिए  । 

कार्यक्रममा बोल्दै लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जीवनमा सिक्ने क्रम सँधै चलिरहने भएकाले जनप्रतिनिधिहरु कुनै पनि कुरा सिक्नका लागि पछि पर्न नहुने बताउनुभयो । 

यस्तै लेटाङ नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत नारायण न्यौपानेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उपयोग गर्न सकेमात्र तालिमको उपलब्धि हासिल हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो । तालिमको समापन समारोह लेटाङ ४ का वडासदस्य सक्षम सुब्बले सञ्चालन गर्नु भएको  थियो ।

भिडियो हेर्न   मा क्लिक गर्नुहोला ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार