मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको दुर्व्यवहारको घटनमा संलग्नलाई कडा कारवाही गर्न सरोकार समाजको माग

Kanchan24 1+ समाचार ( )
१० आषाढ २०८०, आइतबार

मोरङ । पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहालमाथि निवासमै पुगेर गरिएको दुव्र्यवहारको घटनाप्रति आपत्ति जनाउँदै संलग्नलाई कडा कारवाहीको माग गरेको छ । समाजले आज सुन्दरहरैंचाका विभिन्न राजनीतिक दलका प्रतिनिधिह?लाई साथै लिएर विश्वविद्यालय पुगि उपकुलपति प्रा. डा. यादवराज कोइरालालाई भेटेर ध्यानाकर्षणपत्र बुझाउँदै दुव्र्यवहारको घटनाको विषयमा गंभीर ध्यानाकर्षण भएको जनाएको हो ।

 गत जेठ २९ गते विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहालमाथि निवासमै पुगेर गरिएको दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । पत्रमा अपराधिक मनोवृत्ति बोकेका व्यक्तिह?द्वारा तालिबानी शैलिमा गरिएको दुव्र्यवाहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटना घटेको यतिका दिनसम्म सम्पुर्ण दोषीह? पक्राउ गर्न नसक्नु र उनीह?को संरक्षक तथा योजनाकारह?को स्पस्ट किटान गर्न नसक्नु दुःखपूर्ण भएको पत्रमा जनाइएको छ । नियोजित र योजनाबद्ध घटाइएको यस प्रकारका घटनालाई सामान्य ?पमा बुझ्ने दुस्प्रयास कोहि कसैबाट नहोस भन्दै पत्रमा खवरदारी पनि गरिएको छ । सेवा आयोगलाई राजनैतिक दबाब दिएर आफु अनुकुल भर्ति केन्द्र बनाउन कसैले पहल लिन नहुने भन्दै विश्वविद्यालयमा हुने अमर्यादित गतिबिधिह?लाई तत्काल नियन्त्रण गरि विधि र पद्धतिमा विश्वविद्यालय संचालन गर्न सरोकार समाजले उपकुलपतिको समेत ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षणपत्र बुझाउने क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले समेत विश्वविद्यालयको सन्दर्भमा राजनीति भन्दा माथि उठेर भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।  नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा एमालेका नगर अध्यक्ष मातृका प्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटी सदस्य प्रेमलाल चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव गीतानिधि दाहाल लगायतले विश्वविद्यालयको सवालमा दल भन्दा माथि उठेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सबै वक्ताह?ले सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहालमाथि कालो मोसो दलेर दुव्र्यवहार गर्नेको पहिचान गरी कारवाही गर्न माग गरेका छन् ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेल, शिक्षा सेवा आयोगका अध्यक्ष महेशराज दाहाल, अस्पताल निर्देशक विपेश आचार्य, डीनह?लगायतको उपस्थिति रहेको थियो । गत जेठ २९ गते नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको झण्डासहित केही युवाह? पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालको निवासमै पुगेर दाहाललाई कालोमोसो दलेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार