मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

सिरहामा मनी ट्रान्सफर सञ्चालक लुटिए

Kanchan24 237+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

सिरहा  सिरहाको मिर्चैया नगरपालिका–३ राधोपुरबाट अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग रकम लुटेर लगेको छ। बिहीबार दिउँसो १२ : ३० बजे बन्दुकधारी समूहले राजाराम साहसँग २५ लाख ६० हजार रकम लुटेर लगेको छ।

कल्याणपुर बजारमा राजाराम मनी ट्रान्सफर सञ्चालन गर्दै आएका साह मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालय आउँदै थिए। उक्त  रकम लिएर मोटरसाइकलमा जाँदै गरेका साहलाई राधोपुर नजिक दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी दिपेन्द्र साहले बताए। सो समूहले रकम लुटेपछि साह चढेको मोटरसाइकलबाट तेलको पाइप समेत चुँडालिदिएको थियो।

डीएसपी साहका अनुसार लुटेरा समूह धनुषातिर भागेको बुझिएको छ। घटनास्थल मिर्चैया बजारबाट तीन किलोमिटर दक्षिण मिर्चैया –कल्याणपुर– सिरहा सडकमा पर्छ। लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ। दिउँसै पेस्तोल ताकेर रकम लुटिएपछि यस क्षेत्रका व्यापारिकरण त्रसित बनेका छन्। करिब दुई महिना अघि यसै ठाउँबाट अर्का मनी ट्रान्सफर सञ्चालकको ११ लाख रकम लुटिएको थियो। यो घटनामा संलग्नताबारे अझै प्रहरी सुराक विहीन छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार