मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

रूपनगर क्याम्पसका पाँच जना छात्रालाई छोरी छात्रवृत्ति

Kanchan24 325+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

कञ्चनरूप । मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् ।

वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् । 
जेहनदार, विपन्न र दलित गरी तीन वर्गमा दिइने यो छात्रवृत्ति २५ हजार रुपियाँको छ । अर्थात् छात्रवृत्ति पाउने प्रत्येक छात्राले एक मुष्‍ट २५ हजार रुपियाँ पाउने छन् । छात्रवृत्ति रकम सोझै सम्बन्धित विद्यार्थीको बैँक खातामा पठाइने जानकारी मधेश प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयले दिएको छ ।
छात्रवृत्तिका लागि छनौट भएका रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका छात्राहरू मध्ये दुई जना बीबीएस पहिलो वर्ष र तीन जना दोश्रो वर्षमा अध्ययनरत छन् ।
जेहनदार, विपन्न र दलितमा वर्गीकरण गरिए पनि छात्रवृत्तिका लागि आवेदन दिएका छात्राहरू मध्ये कक्षा १२ को परीक्षामा वढी अङ्क वा जिपिए ल्याउनेलाई छात्रवृत्तिका लागि छनौट गरिएको छ ।
मधेश प्रदेश सरकारले सार्वजनिक गरेको छात्रवृत्ति पाउनेहरूको विवरणमा उल्लेखित तथ्याङ्क अनुसार २.३ भन्दा कम जिपिए ल्याउनेले कुनै पनि वर्गबाट छात्रवृत्ति नपाएको देखिन्छ ।
जेहनदार वर्गमा छात्रवृत्ति पाउनेहरूमा, १२ कक्षाको परीक्षामा सबै भन्दा वढी अङ्क ल्याउने छात्राले ३.९१ जिपिए ल्याएकी छन् भने सबै भन्दा कम २.९१ जिपिए ल्याउने सम्मका आवेदकले यो छात्रवृत्ति पाएको तथ्याङ्क मधेश प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा देखिन्छ ।
त्यसै गरी विपन्न वर्गमा छात्रवृत्ति पाउनेहरूमा, १२ कक्षाको परीक्षामा न्यूनतम् २.६६ जिपिए ल्याउने सम्मका आवेदकले यो छात्रवृत्ति पाएका छन् । विपन्न भए पनि पढाइमा राम्रो गर्नै पर्ने सन्देश यो छात्रवृत्ति छनौट प्रक्रियाले दिएको छ । दलित, विपन्न जस्ता आरक्षणको अवधारणा मात्र होइन मधेश प्रदेश सरकारले अध्ययनमा गुणस्तरलाई पनि महत्व दिएको देखिएको छ ।
दलित वर्गबाट छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्दा पनि १२ कक्षाको परीक्षामा ल्याएको अङ्कलाई आधार मानिएको तथ्याङ्क मधेश प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा देखिन्छ । यो वर्गबाट छात्रवृत्ति पाउनेहरू मध्ये १२ कक्षाको परीक्षामा सबै भन्दा कम २.३ जिपिए ल्याएका छन् । 
२.३ भन्दा कम जिपिए ल्याउने कोही पनि यो छात्रवृत्ति छनौटमा परेनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार