मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

सप्तरीमा बाँतर सरदार समुदायको राष्ट्रिय भेला सम्पन्न, पहुँच र अधिकार सुनिश्चिततामा जोड

Kanchan24 325+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप –८ कञ्चनपुरमा शनिबार सम्पन्न बाँतर सरदार समुदायको राष्ट्रिय भेलाले समुदायको अधिकार, पहिचान र पहुँच सुनिश्चित गर्न ठोस नीति तथा योजनामा सम्बोधन हुनुपर्ने माग अघि सारेको छ।

राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका अध्यक्ष श्यामसुन्दर सरदार प्रमुख अतिथि रहेका भेलामा मधेश प्रदेशका आठ जिल्लासहित मोरङ र सुनसरीका करिब पाँच सय प्रतिनिधिहरूको सहभागिता रह्यो। सहभागीहरूले लामो समयदेखि राज्यको नीतिनिर्माण प्रक्रियामा बाँतर सरदार समुदायलाई पाखा पारिएको भन्दै अब शिक्षा, रोजगारी, स्वास्थ्य तथा राजनीतिक प्रतिनिधित्वमा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
भेलामा रञ्जना सरदार, विप्लव नेतृत्वको माओवादीका नेता बच्चेलाल सरदार लगायतका वक्ताहरूले समुदायको ऐतिहासिक उपेक्षालाई अन्त्य गर्न अब सशक्त र योजनाबद्ध अभियान आवश्यक रहेको धारणा राखे।
अध्यक्ष श्यामसुन्दर सरदारले “बजेट निर्माण र योजना विनियोजनमा बाँतर सरदार समुदायको उपस्थिति र आवाज समावेश नभएसम्म समानताको बहस अधुरो रहनेछ” भन्दै राज्यका सबै तहमा पहुँच सुनिश्चित गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सप्तरीका बुद्धिलाल सरदारको अध्यक्षतामा सम्पन्न भेलाले समुदायलाई समानुपातिक समावेशीकरण मार्फत निर्णय –प्रक्रियामा सहभागी गराउनुपर्ने निष्कर्ष निकाल्दै, आगामी दिनमा सङ्गठित सङ्घर्षलाई अझ सशक्त बनाउने अठोट गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार