मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

कञ्चनरुपमा दुई अलग घटनाः करेन्टले दम्पतीको मृत्यु, नहरमा पुरुषको शव फेला

Kanchan24 318+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

कञ्चनरुप । सप्तरी जिल्लामा आइतबार र शनिबार दुई दुःखद घटना घटेका छन्। कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ भने चन्द्र नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कञ्चनरुप नगरपालिका–५ पिपरामा आइतबार राति करिब १०:३० बजे आफ्नै खेततर्फ फर्कँदै गरेका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट लागेर ज्यान गुमाएका हुन्।

धानबालीलाई हात्तीबाट जोगाउन स्थानीय महेन्द्र सरदारले खेतमा तानेको तारमा करेन्ट जोडिएकाले दम्पती दुबै सटिएर घटनास्थलमै ढलेका थिए। घटनापछि गाउँभरि शोक र आक्रोश छाएको छ। स्थानीयवासीले खेतबाली जोगाउन करेन्ट प्रयोग गर्ने प्रचलन तत्काल रोक्न माग गरेका छन्। प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

यस्तै, शनिबार दिउँसो करिब २ बजे कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिकै रहेको चन्द्र नहरमा ५० वर्षीय गोबिन्द चौधरी मृत अवस्थामा फेला परेका छन्।इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक चौधरी सोही नगरपालिका–७ बलुवा चोक निवासी नटाई चौधरीका छोरा हुन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अपराध स्थल अनुसन्धान शाखासहितको टोलीले शवलाई नहरबाट बाहिर निकालेर पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको हो।

उनको मृत्यु आत्महत्या वा दुर्घटनाबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान भए पनि स्पष्ट कारण अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यी दुई घटनाले कञ्चनरुप क्षेत्रमा त्रास र शोकको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार